१२ बैशाख २०८१, बुधबार

मोतियाविन्दुको होम्योपैथीक औषधिवाट सफल उपचार


मोतियाविन्दु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजको लेखमा होम्योपैथीक औषधिबाट मोतियाविन्दुको उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । मोतीविन्दु पनि अन्धोपनको प्रमुख कारण मध्ये एक हो । आजकल नेपालमा अप्रेसनद्वारा मोतियाविन्दुको उपचार भइरहेको छ । आजको लेखमा अप्रेसन नगर्नेहरूको हकमा मैले होम्योपैथीक औषधि पस्कन गइरहेको छु ।

मोतियाविन्दु भने हाम्रो आँखामा लेन्स हुन्छ यो युवा अवस्था सफा हुन्छ विस्तारै उमेर ढल्किदै गएपछि त्यहाँका प्रोटिन कम हुदै जान्छ । कम हुदै गयो भने आँखामा समस्या आउछ । सिसाबाट केहि कुरा हेर्नका लागि त सिसा सफा चाहिन्छ ।

सिसामा केहि कुरा जमेको छ भने हामी सफा रुपमा केही देख्न सक्दैनो त्यस्तै हाम्रो आँखाको लेन्समा केही धुलो जम्दै गएपछि आँखाबाट सफा रुपमा देख्न छोडछ । मोतियाविन्दुको अपरेशन गरेर सेतो भएको लेन्स हटाएर आरटिफिसियल लेन्स हाल्न सकिन्छ । मोतियाविन्दुको अपरेशन गर्न आँखा केन्द्रमा समपर्क गर्न सकिन्छ ।

आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एक आपसमा टाँसिने, आँखाको सेतो भाग सुनिने आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने जस्ता रोगहरु आँखा रोगका लक्षण भएको खण्डमा आँखामा रोग लागेको अनुमान गर्न सकिन्छ ।

मोतियाविन्दुको होम्योपैथीक औषधिद्वारा उपचार

१. कैल्केरिया फ्लोरिका (Calcarea Flu.)
(फ्लोराइड ऑफ लाइम) यो औषधि ६x या १२x को औषधि ४,४ गोली दिनमा ४ पटक दिने ।

२. Cineraria Maritima Eye Drops
सिनेरिया मरिटिमा आँखाका ड्रोप्स दिनमा ३ देखि ४ पटक आँखामा राख्ने ।

मोतियाविन्दुको होम्योपैथीक औषधि

यो पनि पढ्नुहोस्

टाइफाइड रोग र यसको आयुर्वेदिक उपचार

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !