१० मंसिर २०८१, सोमबार

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो


असुरो
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो  ! प्रकृतिको अनुपम उपहार नेपाली जडिबुटी असुरो (कोरोनाको औषधि भने प्रमाणित भएको छैन ) तर यो हरेक प्रकारको भाइरल ज्वरो, रूघाखोकी, टाउको दुख्ने, शरीर दुख्ने, मुखबाट रगत आउने जस्ता समस्यामा बहुउपयोगी सावित भएको छ ।

हाम्रो उद्धेश्य कमाउनु या नाम कमाउनु होइन विश्वव्यापी रूपमा फैलिएको कोरोनाको रोकथाम गर्न हामी सक्षम भईदिएमा जनकल्याण निश्चित हुने हामीले आशा लिएका छौं । विगत लामो समयदेखि हामीले नागरिकको हितमा लेख पस्कदै आएका छौं ।

यो औषधि परम्परादेखि यस्ता लक्षणमा प्रयोग हुदै आएको छ । यस्ता लक्षण देखिएमा अस्पताल नआई यो जडिबुटी प्रयोग गरेर सबैले फाइदा उठाउन सके ठूलो उपलब्धि हुने हामीले विश्वास लिएका छौ ।

हाम्रो देश जडिबुटीको खानीको देश हो भन्दा खासै फरक छैन । यस्ता खेर गएका औषधि प्रयोग गरेर स्वास्थ्य लाभान्वित हुन सकेको खण्डमा ठूलो उपलब्धि हुने भएको छ । यस्ता औषधि प्रयोग गर्दा जान्नुपर्ने कुरा तल दिइएको छ ।

यस्ता औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु

१. असुरो धेरै खानाले उल्टि हुन्सक्छ ।

२. मधुमेहका रोगीले असुरो सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा कम गराउदछ ।

३. १ वर्ष भन्दा कमको बच्चालाई दिनुहुदैन ।

नोट : असुराको स्वाद तितो हुने र कतिपयले खाँदा उल्टी गर्ने भएकाले थोरै रसमा मह, अदुवा मिलाएर सेवन गराउनाले राम्रो फाइदा गर्दछ । श्वास-प्रश्वासमा राम्रो फाइदा गर्दछ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !