१४ बैशाख २०८१, शुक्रबार

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भनेको यहि हो


जडिबुटी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भनेको यहि हो ! नेपाली जडिबुटीमा अनुसन्धान गर्न सकेमा ठूला-ठूला रोग निको बनाउन सक्ने औषधि तयार गर्न सक्ने देखिनुका साथै बेरोजगार समस्या हटाउन समेत यसले ठूलो मद्दत गर्न सक्ने अवसर छ । क्यान्सर जस्ता रोगमा प्रयोग हुन सक्ने निम, आप, सुन्तलाको बोक्रा जस्ता प्रशस्त पाइने औषधि तर जानकारीको अभावमा त्यसै खेर गइरहेको देखिएको छ ।

यस्ता अनेकौं जडिबुटी छन् जसको साहेताबाट एलोपैथिक औषधि बनेका छन्, आयुर्वेदिक औषधि बनेका छन्, होम्योपैथीक औषधि बनेका छन्, युनानी औषधि बनेका छन् यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहांन्छौं । आयुर्वेदिक जडिबुटीको साहेताबाट अप्रेसन गर्नपर्ने खालका थुप्रै रोग निको बनाउन सक्ने देखिन्छ ।

क्यान्सर होस या हेपाटाइटिस होस् या जस्तोसुकै कडाभन्दा कडा रोग किन नहोस् जडिबुटीबाट निको बनाउन सकिने भएको छ । आज नेपाल सरकारले यस्ता विषयमा ध्यान पुराउन सकेको छैन । यस्ता विषयमा ध्यान पुराउन सके प्रशस्त डलर भित्राउन सक्ने देखिन्छ ।

सरकारले उद्योग स्थापना गरेर जडिबुटी प्रसोधन गरेर बाहिर पठाउन सके हजारौं बेरोजगार युवालाई जागिर दिन सक्ने प्रशस्त सम्भावना छ । गाजाको सहि तरिकाले उपयोग गराउन सकेमा लागुऔषध दुर्ब्यसनी हटाउन, मिर्गी रोग हटाउन र थुप्रै औषधि बनाएर यस्ता रोग निको बनाउन सकिने भएको देखिन्छ ।

नेपाली हामी किन पछि छौं र किन हात पसार्दैछौं । सहयोग दिनुको पछि स्वार्थ छिपेको हुन्छ । नेपाललाई ५० करोड अमेरिकाले सहयोग दिन खोजेको छ । अमेरिकाले सहयोग दिनुको पछि पक्कै पनि स्वार्थ छिपेको छ । कसैले पनि यति ठूलो सहयोग दिनुको पछि केहि स्वार्थ छ ।

यस्को बास्तबिक कारण भनेको नेपाल धेरै नै कमजोर छ । नेपालमा भ्रष्टाचार मौलाएको छ यो रकम मैले सहयोग गरेमा केहि फाइदा लुट्न सक्छु भन्ने लालसा देखेर नै सहयोग गर्दैछ । नेपालको जडिबुटी, खानीबाट अमेरिकाले आफ्ना वैज्ञानिक पठाएर ठूलो लाभ लिने दाउमा छ तर हामीलाई यस्ता विषयमा ध्यान पुग्न सकेको छैन ।

विश्वमा नेपालमा पाइने जडिबुटी जस्तो जडिबुटी अनेत्र नभएको कुरा सुरू देखिनै अमेरिकाले भन्दै आएको छ । जडिबुटीबाटै क्यान्सर जस्ता अन्य रोगको औषधि विश्व बजारमा अमेरिकाले पठाएर आफुलाई सम्पन्नशाली बनाएको छ । सरसरी हेर्ने हो भने गाजाकै कुरा गरौं नेपाललाई गाजा बन्द गराएर आफुले गाजा खेती गरेर विश्व सम्राट बन्दैछ ।

अरू धेरै अघि बढे हामी किन अघि बढ्न सकेनौं भन्नेतर्फ लाग्न सकेको भए नेपालले पनि विश्वमा आफ्नो नाम राख्न सक्ने देखिन्छ । नेपाल जलस्रोत, खानी, जडिबुटीले धेरै अघि देखिएको छ । यसतर्फ ध्यान पुराउन नसक्नुको कारणले नै आज नेपाल हात थाप्नुपर्ने अवस्थामा पुगेको छ । नेपाली वैज्ञानिक सवै अमेरिकाले तानेको छ ।

यो पनि पढनुहोस्

राजा नागरिक भए तर नेता भए राजा जस्ता

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !