१२ बैशाख २०८१, बुधबार

वैकल्पिक चिकित्सा के लाई भन्दछन् ?


वैकल्पिक चिकित्सा

वैकल्पिक बाटो, जहाँ लामो दुरीलाई छोटो बनाइएको हुन्छ । आज हामीले परम्परालाई त्यागेर आधुनिक युगमा प्रवेश गरिसकेको परिपेक्षमा यसको लामो व्याख्या नगरेर छोटो शब्दमा यहाँ पाठकलाई बुझाउने प्रयत्न गर्ने छौं । वैकल्पिक शब्द सुन्दा कतिपयलाई एलर्जी हुने गरेको हामी पाउँछौं ।

हिजो हामीले परम्परालाई अंगालेर अघि बढ्दै गर्दा सानो खर्चमा ठूलो बचत गर्ने गरेका थियौं तर अहिले ठूलो खर्च गरेर सानो बचत गर्ने गरेका छौं । जडिबुटीले यदि मानव ठिक हुँदैनथे भने आज हरेक मेडिकल होस् या आयुर्वेद काउन्टरमा औषधि पुग्ने थिएनन् । औषधि बन्ने बनाउने भनेकै जडिबुटी हो तर वैकल्पिक शब्द सुन्दा किन हतास किन वितिष्णा यो अति नै महत्वपूर्ण कुरा हो ।

बाबुले हामीलाई नजन्माएको भए हामीले सन्तान दर सन्तान जन्माउन सक्ने थिएनौं । कसैले छोटो समयमा जन्माउँछ भने कसैले ढिलो जन्माउने गरेको हुन्छ । ढिलो जन्मनुको पछाडि यसलाई पनि वैकल्पिक मार्ग अपनाएको हुन सक्छ । चाहे जेहोस् वैकल्पिक बाटो हरेक क्षेत्रमा हुन्छ यसलाई प्रयोग गर्ने सिस्टम भने जानेको हुनुपर्छ ।

वैकल्पिक चिकित्साका मुख्य अँशहरू

१. विजुअलाइजेशन
२. ध्यान
३. आध्यात्मिक उपचार
४. सम्मोहन
५. मानसिक उपचार
६. विद्युत चुम्बकीय चिकित्सा (चुम्बक चिकित्सा)
७. रैडिस्थेसिया
८. रैडियोनिक्स
९.क्रिस्टल/रत्न चिकित्सा
१०. पिरामिड उपचार
११. मूत्र चिकित्सा
१२. हर्बॉलिज्म चिकित्सा
१३. प्राकृतिक चिकित्सा
१४. होम्योपैथी
१५. बैच फ्लॉवर उपचार
१६. एरॉमाथैरेपी
१७. आयुर्वेदिक चिकित्सा
१८. मूल अमेरिकी चिकित्सा
१९. तिब्बती चिकित्सा
२०. एक्यूपंक्चर
२१. ऑस्टियोपेथी
२२. कीरोप्रैक्टिक
२३. एक्युप्रेशर
२४. शियात्सा
२५. जिन शिन डु
२६. रिफ्लेक्सोलॉजी
२७.स्पर्श
२८. रिशियान थैरेपी
२९. रैडिक्स
३०. बॉयोएनर्जेटिक्स
३१. फेल्डेक्राइस
३२. पोस्चुरल इन्टिग्रेशन

यसैगरी करिब १५० थरीका उपचार छन् । विश्वका अधिकांश देशमा यो चिकित्सा भइरहेको देखिन्छ । तर नेपालमा केही उपचार पद्धति मात्र देखिएका छन् ।

परम्परालाई जबसम्म हामीले अगाल्न सक्दैनौं तबसम्म हामी अरूको भरमा पर्नुपर्ने हुन सक्छ । वैकल्पिक चिकित्सा पद्धति यस्तो पद्धति हो जसको साहेताबाट उपचार गर्दा कुनै पनि साइडइफेक्ट नहुन सक्छ । यस्तो उपचार परम्परा चिकित्सा पद्धतिमा आधारित छ । यस्ता पद्धति त्यागेर पश्चिमाहरूले ल्याएको पद्धतिमा हामीले अंगालेर बसिरहेका छौं ।

अब समय परिवर्तनको हो । यो समयमा हामीले यस्ता पद्धतिलाई अघि सार्दै जानु नै ठूलो उपलब्धि हुनेछ । प्रकृतिको उपहार सुर्य किरण, पानी र जडिबुटी हाम्रो निकट भएका वस्तु हुन सहि तरिकाले यस्लाई प्रयोग गर्न सके यसबाट हामीले ठूलो फाइदा उठाउन सक्ने छौं । वैकल्पिक चिकित्सालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ । चीन, अमेरिका भारत जस्ता देशमा यस्ता परम्परा चिकित्सा भइरहेको र नेपालमा भने यस्ता चिकित्सा पद्धति लोपोन्मुख हुदै गएको हामीले देख्न सक्छौं ।

एलोपैथिक चिकित्सा बाहेकका चिकित्सा पद्धतिहरुलाई आम भाषामा वैकल्पिक चिकित्साका विद्याका रुपमा बुझिन्छ । तर आयुर्वेद लगायतका अन्य चिकित्सा पद्धतिहरुलाई पूरक चिकित्सा प्रणालीको रुपमा उल्लेख गर्न बढी उपयुक्त हुनेछ, यद्यपि राज्यबाट नै एलोपैथिक चिकित्सा पद्धति बाहेकलाई वैकल्पिक चिकित्सा नाम दिइएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !