७ बैशाख २०८१, शुक्रबार

लज्जावति झारको प्रयोग गरेर यसरी लिनुस् स्वास्थ्य लाभ


लज्जावति झार

लज्जावति झार आफैमा एउटा चमत्कारिक गुण भएको जडिबुटी हो । सहि तरिकाले मानवीय स्वास्थ्यमा यसको प्रयोग गराएर अनगिन्ती फाइदा हामी लिन सक्नेछौं । हाम्रो बारीमा खुला ठाउँमा त्यसै उम्रने झार उखालेर प्रयोग गराउन सके राम्रो फाइदा हामीले उठाउन सक्ने देखिएको छ ।

लज्जावति झारको बारेमा आयुर्वेद ग्रन्थमा यसको भिन्न-भिन्न प्रयोगबारे लेखेको पाइन्छ तर मैले आज आफ्नो अनुसन्धान यहाँ पस्कन गई रहेको छु । विगत लामो समयदेखि मैले यो औषधि प्रयोगमा ल्याइरहेको छु । तल दिएका लेख राम्रोसंग पढेर फाइदा उठाउनु हुनेछ।

१. स्वप्न दोष (Night Fall) मा आइतबार, मंगलबार वा शनिबार यो बुटी ल्याएर धुपाएर कम्मरमा बाँध्नु ठिक हुन्छ ।

२. पिसाब बढी हुने समस्यामा यो जडिबुटीको पात पिसेर लुगदी बनाएर नाइटो तल लगाउनाले यो समस्या हल हुन्छ ।

३. विर्य स्तम्भ सेक्स पिरियडमा यसको जरा मुखमा राखेर रस चुस्ने गरेमा उपरोक्त फाइदा हुन्छ भनेको छ ।

४. रगत-मासीमा यसको जरालाई थिचेको रस १० ग्राम जति पानीमा पकाउने थोरै सुकेपछी कपडाले छानेर पिउन दिने रगतमासी ठिक हुन्छ ।

५. जण्डिसमा यसको पात थिचेर रसलाई कपडछान गरी दिनमा २ पटक खान दिएमा जण्डिस ठिक हुन्छ । यो नियम केहि दिन गर्नुपर्छ ।

६. मधुमेह (सुगर रोग) यो रोगमा यसको जरा थिचेर १०० एमएल जति रस दिनमा २ पटक दिनाले यो रोग निको हुन्छ ।

७. पायल्स रोगमा यो लज्जावतिको जरा र पात ल्याएर थिच्ने र यसको पाउडर बनाएर एक चमचको मात्रामा केहि दिन खानाले यो रोग निको हुन्छ ।

८. लज्जावतिको बिरूवा आइतबार, मंगलबार ल्याएर श्रद्धा साथ गमलामा रोप्नाले घरमा समृद्धि हुनुको साथै धन सम्मत्तिमा वृद्धि हुदै जानेछ । तर बिरूवा दाहिने साइडमा रोप्नुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !