१५ बैशाख २०८१, शनिबार

जडिबुटीबाट उपचार गर्न सिकौं


जडिबुटी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाल एउटा यस्तो अनौंठो खालको जडिबुटीले भरिएको देश भन्दा म हर्षविभोर हुन पुग्दछु । कास म अधिकार सम्पन्न भइदिएको भए आज खेर गएका यस्ता जडिबुटी प्रयोग गराएर समग्र नेपालीलाई स्वास्थ्य लाभ दिनपछि पर्ने थिएन ।

तर पनि मेरो यो क्षेत्रमा धेरै लगाव हुनाले नेपालीलाई पलपलको जानकारी पस्कदै आएको छु । जडिबुटी देशको सान हो हरेक नेपालीले प्रयोग गर्दै आएका घटनाले हामी खुसी छौं । आज मेरो सानो प्रयासले लाखौं व्यक्तिहरु जडिबुटी सम्बन्धि उपचारमा लाग्नु भएका कुरा हामी सुन्दै आएका छौं ।

स्वास्थ्य धन हो स्वस्थ रहन खानपिन मात्र प्रयाप्त हुदैन हामीले खाने खानाले पनि कहिले काही रोग लाग्न सक्छ । आजको लेखमा केहि जडिबुटीबारे प्रकाश पार्नेछौं । हाम्रो वनमा पाइने जडिबुटीदेखि भान्सामा प्राप्त हुन सक्ने यस्ता औषधिले नोबेल कोरोना जस्ता रोगमा समेत राम्रो फाइदा भएको हामीले आयदिन थुप्रै मेडियाबाट प्रचार भएको सुन्दै आएका छौं ।

भाइरस संग लड्न सक्ने क्षमता भएको औषधि तुलसीलाई पनि हामीले लिन सकिन्छ । तुलसी दैनिक सेवन गर्नाले इम्युनो सिस्टमलाई बलियो बनाउनुको साथै मलेरिया ज्वरो, स्वास सम्बन्धित रोग, टिबि रोग, जाडो भएर आउने ज्वरोमा समेत उपयोगी छ । यो नोबेल कोरोनाको औषधि नभएपनि यसले कोरोनामा देखिने रोगको लक्षणलाई निको बनाउदछ ।

१. नाक बन्द

लामो अनुसन्धान र अनुभवबाट हामीले नाक बन्द हुने रोगको उपचारमा पुननर्वाको जरा ल्याउनुस र थिचेको जराको चुर्णमा २५० ग्राम जति दूध र २५० जति पानी मिलाएर पकाउनुस जब पानी उडि सकेपछि बाकी दूधमा २० ग्राम जति मिश्री राखेर दैनिक पिउनाले यो रोगमा छु मन्त्र हुन्छ ।

२. पिसाब पोल्ने समस्या

पिसाब नफेर्दा सम्म पोल्ने तर पिसाब फेर्दा नपोल्ने भएमा पुननर्वा चूण खाने र माथिबाट गरम पानी पिउनु ठिक हुन्छ ।

३. स्वर बसेमा

राती गेडिको पात चपाउने र रस निल्ने गर्नाले चमत्कारीक फाइदा गर्दछ।स्वर बसेको भए क्रमस खुल्दछ ।

४. जण्डिस रोगमा

हर्रो, बर्रो र अमला समभाग एक चमच,सिधेनुन थोरै, गिलोय चूर्ण १० ग्राम मिलायर ७ दिन दिनाले यो रोग निको हुन्छ ।

५. सर्पबिष नष्ट गर्नु परेमा

श्वेत पुननर्वाको जरो थोरैमा कालो मरिच ७ दाना, केराको जराको पानी १०० मिली मिलाएर एक दुई पटक सर्प दंशको रोगीलाई दिनु बिष उतार्दछ ।

६. तुलसी

तुलसीको पातमा उडन सिल तेल हुन्छ । चिया पकाउदा यस्को पात राखेर नित्य सेवन गराउन सकिनेछ । या यस्को रस निकाले र पनि सेवन गर्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !