१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि अश्वगन्धाको प्रयोग गर्नुका फाइदाहरु


अश्वगन्धा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदिकमा (Withania Somnifera) लाई प्रमुख औषधिको रूपमा लिइएको छ । यो Solanaceae कुलको बिरूवा हो । यसका ३००० प्रकारका प्रजाति पाइन्छ । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ । आजकाल गोर्खा आयुर्वेद र भाष्कर कम्पनीले क्याप्सुल र पाउडरको रूपमा नेपालमा तयार गरेको छ ।

अशोगन्धाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को थरीले यो औषधि सेवन गर्नाले घोडा जस्तो बलियो हुने हुनाले अशोगन्धा हुन गएको भन्ने भनाई छ । चाहे जे होस् आयुर्वेदिकमा यसलाई इम्युनिटि पावर बढाउन र ताकत दिन भिटामिनको रूपमा लिएको पाइन्छ ।

केहि बर्ष पहिले भारतले यसको उत्पादन गरेर देश विदेशमा पठाउने गरेकोमा हाल केहि बर्षदेखि नेपालमा पनि उत्पादन हुने गरेको छ । कम लागतमा उत्पादन गरेर राम्रो पैसा भित्र्याउन सकिने देखिन्छ । आजको लेखमा मैले अशोगन्धाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछु ।

अश्वगन्धाको प्रयोग यसरी गर्न सकिन्छ

१. पुरूषको लागि शुक्राणुको कमी हुनुलाई ठूलो समस्याको रूपमा लिन सकिन्छ । यसको प्रयोगले शुक्राणु बढाउने काम गर्दछ ।

मात्रा  : अशोगन्धा पाउडर एक चमच दूधसंग दिनमा २ पटक खानुपर्दछ र २ क्याप्सुल दिनमा २ पटक खाने राम्रो फाइदा गर्दछ ।

२. दम र खोकीमा पनि यो औषधिले राम्रो फाइदा पर्दछ ।

मात्रा : अशोगन्धाको चूर्णलाई हल्का मनतातो दूध संग दिनमा २ पटक खान दिनाले दम र खोकी ठिक हुन्छ ।

३. स्वयत प्रदर सेतो पानी बग्ने समस्या भएका महिलाहरूलाई यो औषधिको सेवन गराउनाले राम्रो फाइदा गर्दछ ।

मात्रा : अशोग्धाको चूर्ण २ ग्राममा १/२ ग्राम जती वंशलोचन मिश्रित गरेर दूधसंग दिनमा २ पटक खान दिनु राम्रो फाइदा गर्दछ ।

४. अल्पविकसित स्तनलाई समेत यसको सेवनले स्तन बढाउन ठूलो मद्दत गर्छ । स्तन बढाउन इच्छा भएमा अशोगन्धा पाउडरमा शतावरी चूर्ण मिलाएर दिनमा २ पटक दूधसंग खानुपर्छ ।

५. महिलाहरूको प्रजनन क्षमतालाई समेत अशोगन्धाले राम्रो फाइदा गराउदछ ।

मात्रा : २ क्यापसुल दिनमा २ पटक दूधसंग खाने ।

६. मोटाउन इच्छा हुनेहरूका लागि अशोगन्धा पाउडर या क्यापसुल दिनमा २ पटक ३ महिनासम्म खान दिनाले मोटोपन बढाउदछ ।

नोट : यो औषधि क्याप्सुल र पाउडरको रूपमा पनि पाइन्छ । जडिबुटी बेच्नेहरूसंग खरिद गर्न सकिन्छ । आजकाल यो औषधि हर्बल कम्पनीले क्यापसुलमा बनाएर पठाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !