८ बैशाख २०८१, शनिबार

ब्रह्मबृक्ष पलास र यसका औषधीय गुणहरु


पलास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदमा प्राचीन कालदेखि प्रयोग हुदै आएको जडिबुटी अन्तर्गत पर्ने पलासको बारेमा छोटो जानकारी पस्कन गइरहेका छौं । पलासलाई ब्रह्मबृक्ष भन्ने गरेको पाइन्छ । पलास नेपाल, भारत लगायत दक्षिण एशियाली मुलुकहरुमा पर्याप्त मात्रामा पाइने एउटा जडिबुटीमूलक औषधि हो ।

धार्मिक मान्यता अनुसार यस्को रूखमा ब्रह्मा, विष्णु र महेश्वरको बास हुने कुरा धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । पलासको धार्मिक मान्यता धर्मशास्त्रमा धेरै छ । पलासलाई ग्रह शान्ति एवं यज्ञ-यज्ञादिमा एकदमै पवित्र रुखको रुपमा प्रयोग गर्ने गरिन्छ ।

पलासको पातमा भएको गाठोको बारेमा रोचक जानकारी सुन्न पाइन्छ । पलासको फूलमा हुने गाठोलाई मुखमा राख्दा केहि क्षण मानिस गायब हुने कुरा उल्लेख गरेको पाइन्छ । पलासको फूल, हाँगा पात हुँदै जरासम्म पनि औषधीय महत्वको हिसाबले अति महत्वपूर्ण रहेको मानिन्छ ।

पलास ३ प्रकारको हुन्छ एउटा सेतो फुल्ने हुन्छ भने अर्को रातो फुल्ने र तेस्रोमा पहेलो फूल फूल्ने हुन्छ । रातो फूल फुल्ने पलास पाहाडमा प्रशस्त पाइन्छ । तर सेतो फूल फूल्ने पलास औषधि र तान्त्रीक प्रयोग बढी हुने गरेको छ । सेतो फूल फुलेको लता पलास पाउन गार्हो हुन्छ । पलासको फूल प्राय: बसन्त ऋतुमा फुल्ने गरेको हुन्छ ।

पलासको औषधिय प्रयोग यस्तो छ :

१. पलासको दानालाई धुलो बनाएर एक चम्चा दिनको दुई पटक खाँदा पेटका जुका चुर्ना किराहरु मार्दछ ।

२. सेतो पलासको फूलमा एउटा गाठो हुन्छ त्यो गाठो मुखमा राखेमा मान्छे अदृश्य हुन्छ भनेको छ ।

३. यसको फूलबाट होलीमा खेल्ने रंग बनाउदछन् ।

४. सेतो पलासको पात घरमा तिजोरीमा राख्नाले लक्ष्मीको बास हुने भनेको छ ।

५. पलाशको फूल पिसेर सेवन गाउनाले गर्भमा रहेको बच्चा सुन्दर र निरोगी पैदा हुने भनेको छ ।

६. पहेलो फूल फूल्ने पलासको फूलबाट सुन उत्पादन गर्न सकिन्छ भनेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !