६ मंसिर २०८१, बिहीबार

आयुर्वेद र एलोपैथिक एकसाथ चलाउदा देखिन सक्छ राम्रो परिणाम


आयुर्वेद र एलोपैथिक
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

समय परिवर्तन भइसकेको छ । आज कतिपय अवस्थामा आयुर्वेद अघि छ मेरो भन्नुको अभिप्राय यो होकी एलोपैथिकमा लिभर, किड्नी स्टोन, रूघा जस्ता रोगमा एलोपैथिकले काम गरेको छैन । उपचार जुनसुकै किन नहोस् मिलाएर चलाउने गर्दा यसले राम्रो फाइदा लिन सकिने देखिन्छ ।

आयुर्वेदिक औषधि हरेक फार्मेसिमा देख्न सकिन्छ र अनिवार्य भइसकेको छ । विगत लामो समयदेखि एलोपैथिक डाक्टरहरूले आयुर्वेदिक औषधि लेख्न थालेको सर्ब बितितै छ भन्दा खासै फरक छैन । एलोपैथिक र आयुर्वेदिकको तुलना गर्ने हो भने सर्जरीलाई छोडेर आयुर्वेदिक राम्रो छ भन्दा खासै फरक छैन ।

एलोपैथिकका अधिकांश औषधिहरू लामो समय प्रयोग गर्दा किड्नी, लिभर जस्ता अंगमा बढी प्रभाव पार्ने हुन सक्छ भने आयुर्वेदिक औषधि ले कुनै हानी नोक्सानी गर्दैन । आयुर्वेदिकमा रियाक्सन हुने सम्भावना शुन्य छ भने एलोपैथिकमा धेरै छ ।

एलोपैथिक औषधिले रोगलाई दबाउछ भने सहि तरिकाले आयुर्वेदिक औषधि प्रयोग गर्दा यो समस्या देखिदैन । हामीले आफ्नो पेसेन्टलाई सहि परामर्श दिनुपर्ने हुनसक्छ । आधुनिक औषधिको प्रयोग कमगर्दै आयुर्वेदिक औषधि चलाउन बढी जोड्नु उपयुक्त हुन्छ ।

आज आयुर्वेदले पनि पेटेन्ट औषधि निर्माण गरेर बजारमा ल्याएको हामीले हेर्न सक्छौं, यसले धेरै राम्रो काम गर्ने देखिन्छ । हामीले यदि आयुर्वेदिकमाथि रिसर्च गरेर हेर्छौ भने एलोपैथिक भन्दा सटिक औषधि निर्माण गरेर देशको आर्थिक स्तरलाई समेत उकास्न सक्ने छौं ।

मैले एलोपैथिकलाई दोष दिन खोजेको होइन आयुर्वेदलाई पनि साथै अघि बढाउन आवश्यक छ भन्न खोजेको मात्र हो । एलोपैथिक डाक्टरको कलम आयुर्वेद तर्फ झुकेको हामीले देख्न सक्छौं । उदाहरणकै रूपमा लिने हो भने युट्राइन टोनिक आयुर्वेदमा मात्र छ यसले महिलाको पाठेघर सम्बन्धित थुप्रै रोगमा राम्रो फाइदा देखिने गरेको छ ।

आज एलोपैथिकको बारेमा नयाँ रहस्य शायद कतिपयलाई थाहा नहुन सक्छ या भनौं एलोपैथिकको डाक्टरलाई पनि थाहा नहुन सक्छ । आज जति पनि एलोपैथिक औषधि हामी आय दिन चलाउदै आयकाछौं अधिकांश औषधि आयुर्वेदबाटै निर्माण गरिएका रहेछन् । त्यसैले एलोपैथिकले आयुर्वेदको विकास होस् भन्न चाहदैनन् ।

मैले यस बारेमा पहिले पनि प्रकाश पार्दै आएको छु । आयुर्वेद जडिबुटीलाई विकासी मल र बिषादि औषधि प्रयोग गरेर बनाए जस्तै हो । एलोपैथिक औषधि यसरी बनाएका औषधिले चाडो काम गर्ने हुन्छन् भने अर्गानिक सिस्टमबाट बनाएका औषधिले ढिलो काम गर्ने हुन्छन् ।

एलोपैथिकबाट बन्ने औषधि के कस्ता जडिबुटीबाट बन्छन् भन्ने बारेमा अर्को लेखमा प्रकाश पार्नेछु पढ्न नभुल्नु होला । आज मैले एलोपैथिकसंग आयुर्वेदिक औषधि चलाउदा धेरै राम्रो रिजल्ट आउने देखिएको छ । यस विषयमा लामो बहस गर्नु उचित छैन । आयुर्वेद हाम्रो देशको सम्पति हो यसलाई प्रयोगमा बढी भन्दा बढी ल्याउन आवश्यक छ । जय आयुर्वेद !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !