१४ बैशाख २०८१, शुक्रबार

चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


मेडिकल सामग्री सरकारलाई हस्तान्तरण

२९ वैशाख, काठमाडौं । चीनको अनुदानमा नेपाल ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन् ।

मेडिकल सामग्री हस्तान्तरणका क्रममा राजदूत हाउले यो सामग्रीको चीन नेपाल सोलिडारिटीको समन्वयमा उपलब्धता सम्भव भएको आफूहरुले बाचा मात्रै नगरेर काम पनि गरेर देखाउने बताएकी छन् । उनले कोभिड–१९ को संक्रमणविरुद्ध दुवै देश र जनता एकवद्ध भइ अगाडि बढ्नुपर्ने जरुरी समेत रहेको बताइन् ।

शुक्रबार र शनिबार चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे।

मेडिकल सामग्री सरकारलाई हस्तान्तरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !