२५ बैशाख २०८१, मंगलबार

यौन दुर्वलता कम गर्ने उपायहरु


यौन दुर्वलता

यौन दुर्वलता कम गर्ने उपायहरु । संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारका लागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । प्रायः उमेर बढेसँगै पुरुषहरु आफ्नो यौन जिवनलाई पुनर्जिवित गर्नका लागि यौनवर्धक भियग्राको सेवन गर्ने गर्दछन् । उमेर ढल्किएकाहरुले मात्र होइन आजकल त लामो समयसम्म यौन सम्पर्क तथा सन्तुष्टि प्राप्त गर्ने बहानामा तन्नेरीहरुमा समेत भियग्राको प्रयोग बढिरहेको छ । यौन दुर्वलता कम गर्ने उपायहरु यसप्रकार छन्।
१. व्यायाम
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किने गरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।
२. स्वास्थ्यबारे सचेत
छाला तथा योनी सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रा लगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।
३. यौनवद्र्धक खाना
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेट लगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
४. तनावरहित हुने
तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसी लगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।
५. चिल्लो कम
चिल्लोचाप्लो खानेकुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्ट अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
६. यौन चिकित्सकसंग परामर्श
अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !