, रूघाको उपचार औषधि होइन ध्यान दिन सक्नुपर्छ खानपानमा

रूघाको उपचार औषधि होइन ध्यान दिन सक्नुपर्छ खानपानमा

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

आज सामान्य रूघा लाग्नासाथ औषधि सेवन गर्ने प्रचलन धेरै बढेको छ । यो गलत हो । यसले रूघा बिगार्न सक्छ । रूघा नपाक्दासम्म औषधि सेवन गर्नाले थुप्रै समस्या निम्तन सक्छ । जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ ।

मौसम चिसो सुरु भएको छ । यो मौसममा तातो-तातो खाना खाने चिसो पेय पदार्थको सेवन कमसे कम गर्ने बानी बसाल्ने, सुत्दा टाउकोमा कपडाले बानेर सुत्ने गर्नाले रूघा लाग्ने सम्भावना कम हुने गरेको पाईएको छ । हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले चिसो तथा रुघाखोकीबाट बचाउँछन् ।

रूघा लाग्दा खान सकिने केहि औषधि र खानाहरू

१. जाडोमा ग्रिन टी धेरै फाइदा गर्ने हुन्छ । ग्रिन टीमा शक्तिशाली एन्टीअक्सिडेन्ट पाइन्छ । यसमा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।

२. च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ ।

३. लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ ।

४. जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ ।

५. महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ ।

६. रूघा लाग्नासाथ तुलसी, अदुवा र मरिच राखेको चिया खानाले चाँडो निको हुन्छ ।

७. रूघामा ज्वरो आउनु खतरा हो । यस्तो देखिएमा डाक्टरको परामर्शमा उपचार गराउनु राम्रो हुनेछ । रूघालागेको बेला एण्टिवायोटिक औषधिले काम गर्दैन झन रूघालाई विगार्न सक्छ हेक्का रहोस् ।

८. आजकाल रूघा लाग्नासाथ रूघाको औषधि खरिद गरेर खाने प्रचलन धेरै छ । रूघाको औषधि सेवन गर्दा सन्चो हुनुको सट्टा झन बिग्रन सक्छ ।

९. रूघा लाग्नासाथ तातो सुप खाने बेसार पानी पकाएर खाने गर्नाले पनि चाँडो रूघा निको हुन थाल्दछ ।

१०. सेलिसिया ६xको या १२xको औषधि लामो समय रूघा लागि रहेमा दिनमा ४ पटक ४ गोलीको मात्रामा खान सक्नु हुन्छ ।

११. रूघा लाग्दा भाइरसको सक्रमण हुने हुनाले ब्याक्टेरिया विरोधी औषधि दिनुको कुनै औचित्य छैन यस्ता औषधि सेवनमा रोक लगाउन आवश्यक छ ।

१२. रूघाको औषधि होइन झन विगार्न सक्छ भन्ने खालको जनचेतनामुलक समाचार र जनचेतनामुलक सन्देश नागरिकमा जान आवश्यक छ ।

नोट : रूघालाई सामान्य रूपमा हेर्नु हुदैन । रूघाको औषधि होइन घरेलु खानपानमा ध्यान दिन सके रूघा आफै निको हुन सक्छ ।

यो पनि पढनुहोस्

गाईको घिउबाट गरिने रोगको उपचार

भिटामिन बढी वा कम भए के हुनसक्छ ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।