१४ बैशाख २०८१, शुक्रबार

यौनसम्पर्क गर्दा कण्डम फुटे के गर्ने ? यस्तो छ उपायहरु


आफ्नो पार्टनरसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने तपाईलाई कम्ती तनाव हुँदैन । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फ्टेर्मा कैयन् आशंका जन्मिन सक्छन् । त्यसैले यदि तपाईले कण्डम प्रयोग गर्दा पनि सही ढंगले गर्नुभएन या कुनै कारणले त्यो फुट्यो भने के गर्ने त ?

  • विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ । कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ ।
  • युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं । केही जानकारी भए पनि यौनसम्बन्धमा आवश्यक सीप नहुन सक्छ । त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ ।
  • कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नु पर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ ।
  • कण्डमले अनिच्छित गर्भ रहने मात्रै नभएर गम्भीर प्रकारका यौनरोगको संक्रमण हुन सक्छ । एउटा सानो गल्तीले जीवनभरी पछुताउनु पर्ने हुनसक्छ । त्यसैले थाहा पाऔं, यदि यो फुटि नै हालेमा चाहिँ के गर्ने त ?
  • कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ । वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ ।
  • यदि तपाईले अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको हो भने केही समयभित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन । यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ ।
  • अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ ।

यी पनि पढ्नुहोस्

सेक्सलाई मजा बनाउने टिप्सहरु जानिराखौं

यस्ता छन् यौन समय लम्याउने केही उपायहरू, जानी राख्नुहोस

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !