२४ बैशाख २०८१, सोमबार

चीसो मौसममा सूर्यको तापमा बस्दाको फाइदा


jado

मानिसको शरीरलाई एक दिनमा १० देखि २० नानो ग्राम भिटामिन डीको आवश्यकता हुन्छ । यदि चीसो समयमा हरेक दिन बिहान नियमित रुपमा १५ मिनेटसम्म सूर्यको तापमा बस्ने हो भने हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन डी प्राप्त हुन्छ । यसले हृदयाघातको सम्भावनालाई नियन्त्रण गर्न सक्छ । नर्थवेस्र्टन युनिभर्सिटी फेनबर्गको रिसर्चले हरेक दिन बिहान सूर्यको तापमा बस्ने मानिसको बीएमआई (बडी मास इन्डेक्स) कम हुने पुष्टि गरेको छ । यसले शरीरमा कोलेष्ट्रोल कम गराउँछ र हृदयाघात, क्यान्सर, उच्च रक्तचाप लगायतका रोगहरुबाट सुरक्षित राख्न मद्दत गर्छ ।

निद्रासम्बन्धी समस्या

सूर्यको तापमा बस्नाले शरीरमा मेलाटोनिन नामक हर्माेन उत्पादन हुन्छ । यसले रातिको समयमा निद्रा नपर्ने समस्याबाट राहत मिल्छ ।

मोटोपन घटाउनमा सहयोगी

चीसो समयमा नियमित रुपमा सूर्यको तापमा बस्नाले बीएमआई (बडी मास इन्डेक्स) कम हुन्छ । जसले गर्दा तौल घटाउन तथा मोटोपन घटाउन सहयोग मिल्छ ।

हड्डि बलियो बनाउँछ

चीसो मौसममा नियमित रुपमा १५ मिनेटसम्म सूर्यको तापमा बस्नाले शरीरमा पर्याप्त मात्रामा भिटामिन प्राप्त हुन्छ । यसले हड्डि बलियो बनाउन मद्दत गर्छ ।

विभिन्न रोगबाट बचाउँछ

चीसो समयमा नियमित सूर्यको तापमा बस्नाले शरीरमा इम्यूनिटी शक्ति बढाउँछ । यसले रुघाखोकी लगायतका रोगबाट सुरक्षित राख्छ ।

मांसपेशीलाई स्वस्थ राख्छ

सूर्यको तापका कारण प्राप्त हुने भिटामिन डी ले हाम्रो शरीरमा मासंपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मुटुलाई स्वस्थ राख्छ

सूर्यको तापका कारण मानव शरीरमा कोलेस्ट्रोलको मात्र कम गर्छ जसले गर्दा मुटुलाई स्वस्थ राख्दै मुटुसम्बन्धी रोगको खतराबाट समेत जोगाउँछ ।

छाला स्वस्थ राख्छ

सूर्यको तापमा बस्दा शरीरबाट विषाक्त भाइरसहरु नष्ट हुन्छन् । जसले गर्दा पिंम्पल्स, स्किन एलर्जी लगायतका समस्याको अन्त्य हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ

बिहानको समयमा नियमित सूर्यको प्रकाशमा बस्नाले रक्त सञ्चारलाई नियमित बनाउँछ । जसले गर्दा उच्च रक्तचापसम्बन्धी समस्याबाट राहत मिल्छ ।

तनावबाट छुटकारा

चीसो समयमा नियमित सूर्यको तापमा बस्दा शरीरबाट सेरोटोनिन नामक हर्माेन रिलिज हुन्छ । जसले तनावको मात्रालाई घटाउन सहयोग गर्छ ।

क्यान्सरबाट बचाउँछ

सूर्यको तापबाट शरीरमा प्राप्त हुने भिटामिन डीले शरीरमा क्यान्सरका सेल्सहरु उत्पादन हुनबाट रोक्छ । जसले गर्दा क्यान्सरको सम्भावना कम हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

मिर्गौला संक्रमण हुने कारण, यसवाट कसरी बच्ने ?

मिर्गौला फेल हुने कारण

मिर्गौला पत्थरी भएका व्यक्तिले खान हुने र नहुने फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !