१५ बैशाख २०८१, शनिबार

कुन माछा कसरी रोज्ने ?


machha

खानेकुरामा हरेक मानिसहरुको आ-आफ्नै रोजाई हुन्छ आफ्नो स्वास्थ्यको लागि विभिन्न खालका फलफुल र मासुहरू खाने गर्दछ त्यो मध्ये एक माछा पनि हो माछाको सेवनले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न र मस्तिष्कलाई सधै ताजा राख्न मद्दत गर्दछ । मासु जस्तै तपाईले माछाका पनि विभिन्न परिकार बनाउन सक्नुहुन्छ । जस्तै सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर, आदि। माछा एक स्वादिस्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु पाइने खाना मानिन्छ ।

माछा कसरी रोज्ने
माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कानको लोती खोलेर हेर्नुस् र रातो कलरको छ भने त्यो ताजा मानिन्छ । त्यस्तै माछा ताजा कि बासी पता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ । माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ । यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ ।-एजेन्सी
यो पनि पढ्नुहोस्

यो अवस्था भएका व्यक्तिले खाँदै नखानुहोस् माछा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !