४ बैशाख २०८१, मंगलबार

किन काढ्छौ हामी हाई ?


healthhh

तपाई रातभर निदाउनु भएको छैन । बिहान उठ्दा अवश्य पनि ज्यान आलस्य हुन्छ । बिहान उठ्दा हाई हाई आउँछ । खाना ढिलो भयो । खाँदा खादै बच्चाहरु टेबुलमा नै बारम्बार हाई काढ्छन् । बेलुकाको खाना खाई सक्नु भयो । टेलिभिजन हेर्दै हुनुहुन्छ । सोफामा बस्दा बस्दै हाई आएर दिक्क लाग्न सक्छ । दिउसो कार्यलयमै काम गर्दा गर्दै हाई काढेर बाथरुमा मुख धुन जानु पर्दा कति नमजा होला । कहिलेकाही त सवारी साधन चलाउदा नै हाई आएर दिक्क हुनु भएको होला ।

हो मानिसलाई बारम्बार हाई आउँछ । श्वासप्रश्वास र हाई काड्ने पक्रिया शरीर र दिमागका बेग्ला बेग्लै सयन्त्रले नियन्त्रण गरेका हुन्छन् । दिक्क लागेको अवस्थामा वा निन्द्रा लाग्दा हाई आएको मानिसहरुले बताउँछन् । वैज्ञानिकहरुका अनुसार हाई काढ्नुका कारण यस्ता छन्ः

  • हामीले किन हाई काढ्छौ भन्ने वैज्ञानिक अनुसन्धानको खोजीमा अनुसन्धानकर्ताहरुले एउटा नयाँ कुरा पनि पत्ता लगाएका छन् । त्यो के भने हाई काढ्दा तपाईको दिमागलाई आधारभूत रुपमा स्वस्थ हावा प्रदान गर्छ र शान्त बनाउँछ । सन् २०११ को एउटा अध्ययनले यस तथ्यको नजिक पुगेको थियो । जस अनुसार मानिसले जाडो मौसमा बढी र बाहिरको तापक्रम बढी हुँदा कम हाई काढ्ने गर्छ । हामीले जोडले हाई काढ्दा दिमागलाई थप ऊर्जा मिल्ने वैज्ञानिकहरु बताउँछन् । अनिदो बस्दा दिमागको तापक्रम बढ्छ । हामी सुत्न वा दिमागलाई चिस्याउनका लागि थप हाई काढ्नुपर्ने हुन्छ ।
  • वायोलोजो लेटर्समा प्रकाशित एउटा रिपोर्ट अनुसार जति तपाईले ठूलो हाई काढ्नु हुन्छ, त्यति ठूलो तपाईको दिमाग हुनुपर्छ । लामो र ठूलो हाई काढ्ने स्तनधारी प्राणीको ठूलो दिमाग हुने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । उनीहरुको दिमागमा धेरै मात्रामा कोषहरु हुन्छन् । यदि हाई काढ्दा दिमाग शान्त हुने हो र दिमागलाई ऊर्जा प्रदान गर्ने हो भने धेरै न्युरन हुने दिमागलाई स्वभाविक रुपमा बढी अक्सिजनको आवश्यकता पर्छ । तसर्थ ठूलो र लामो हाई आउछ भने तपाईंको दिमाग पनि ठूलो छ है ।
  • हाईले स्ट्रोक वा ह्दयघात वा अन्य स्वास्थ्यसँग सम्बन्धित समस्या पनि संकेत गर्छन् । तर अस्वभाविक रुपमा निरन्तर वा लामो हाई आएमा मात्र स्वास्थ्य समस्या विग्रदैछ वा विग्रिएछ भनेर बुझ्नु राम्रो हुनेछ । यस नर्भ (नसा) दिमागदेखि पेटसम्म हुन्छ । यो नसा उत्तेजित भएमा तपाईलाई अत्यधिक हाई आउछ । दिमागमा अबरोध वा ट्युमरको स्थान परीक्षण गर्न अनुसन्धानकर्ताहले एमआरआई विधि प्रयोग गरेका छन् । तर नसाको उत्तेजनाले हाई काढ्न कत्तिको अवरोध गर्यो भन्ने विषयमा भने वैज्ञानिकहरु अझै अनुत्तरित छन् ।
  • मृगी रोगका बिरामी र शरीरको कोष असामान्य भएका मानिस अत्यधिक हाई काढ्ने विज्ञहरु बताउछन् । त्यस्तै टाउको दुख्ने, एंग्जाईटी हुने मानिसको दिमाग तातो हुने भएकोले हाई बढी आउन सक्छ ।
  • वास्तवमा हाई काढ्नु संक्रमणजन्य रोग जस्तै हो, किनकी यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । तसर्थ एक अर्कालाई सहानुभूति देखाउदा वा नजिक बस्दा हाई सर्छ । सन् २०११ मा गरिएको एक अध्ययनमा हाई काड्दा परिवारका सदस्य, साथीहरुबीच सर्ने गर्छ । टाढाको मानिसले हाई काढेको केही मिनेटपछि अर्को मानिसलाई पनि सर्ने अध्ययनमा उल्लेख छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

एक्लोपनबाट स्वास्थ्यमा पर्ने खतरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !