२४ बैशाख २०८१, सोमबार

अपचले पेट फुल्दा के खाने, के नखाने ?


apachal

कहिलेकाही खानपानमा गडबडी भएर अचानक पेट फुलेर आउँछ । पेट फुल्दा मानिसलाई साह्रै असहज हुन्छ । अपचले गर्दा पेट फुल्छ र केही खानेकुरा खान समेत मन लाग्दैन । यस्तो बेला के–के खाने के नखाने भन्ने चिन्ताले पिरोल्छ ।

पेट फुलेको बेला बन्दागोभी र फुलगोभी खानु हुँदैन । यसमा कार्बोहाइड्रेट बढी हुन्छ र पेटमा ग्याँस पैदा गर्छ । तर, काँक्रो खानुहोस् । काँक्रोमा अत्यधिक मात्रामा फाइबर हुन्छ, फाइबरले पेट फुल्ने समस्या हटाउँछ ।

लसुन नखाने किनकि यसमा ग्यास उत्पादन गर्ने ब्याक्टेरिया हुन्छ । तर, अदुवमा पेट नपोल्ने र एन्टी एमेटिक तत्व हुनाले खाँदा राम्रो ।

यस्तै, प्याजमा पनि ग्याँस बढाउने तत्व हुन्छ । प्याज खाएपछि पेट फुल्छ । तर, पुदिना र धनियाँले पेटलाई हलुका बनाउँछ ।

पेट फुल्दा गहुँको रोटी खानु हुँदैन । किनकि यसमा प्रशस्त कार्बोहाइड्रेड हुने भएकाले पेटमा ग्याँस बढ्छ । यसको सट्टा ओट मिल खानुपर्छ ।

सफ्ट ड्रिङ्क खानु हुँदैन । यसमा हुने एसिडको मात्राले पेटलाई थप असर गर्छ । एसिडिटीले पेट फुलाउँछ । तर, फलफूलको जुस खानु उपयोगी हुन्छ । ताजा फलफूलको रसले पेटलाई हुलका बनाउँछ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !