२२ बैशाख २०८१, शनिबार

चपाएर खानुका फाइदा


ricevv
  • बिस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ । यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ ।
  • राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन् । यसो भयो भने मोटाइँदैन । शरीर स्वस्थ र फिट रहन्छ ।
  • राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया बलियो बन्न पुग्छ । अधिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ ।
  • राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्व पाउँछ । त्यही भएर खाद्यान्न संकट आउन नदिन पनि हामीले बढी चपाएर खाने बानी बसाल्नुपर्छ ।
  • राम्रोसँग चपाएर खाँदा भोक ढिलोगरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन । त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !