१३ बैशाख २०८१, बिहिबार

पाठेघर क्यान्सर हुनुका कारण


पाठेघर

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । धेरै पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर पछि पाठेघरको भित्रपट्टिको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको कारक तत्त्व हुन् ।

पाठेघरको भित्रपट्टिको क्यान्सरबाहेक योनीको क्यान्सर, योनीद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि छन् । त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो। पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोग हो । तथ्यांकअनुसार, यो रोग विकासोन्मुख देशका झन्डै ८६ प्रतिशत र विकसित देशका १४ प्रतिशत महिलामा देखिएको छ । विकसित देशहरूमा यो क्यान्सरले महिलाहरूमा हुने क्यान्सरको करिब ६ प्रतिशत भाग ओगटेको छ । विकासोन्मुख देशहरूमा भने यो अझै बढी छ ।
पाठेघरको मुखको क्यान्सरका कारणहरू:

१. यौन व्यवहारजन्य कारण :  कम उमेरमै पहिलो यौन सम्पर्क राख्ने महिलाहरू र धेरै जनासँग यौन सम्पर्क गर्ने महिलामा यो रोग बढ्ता पाइएको छ । धेरै बच्चा जन्माउने आमाहरू, वेश्यावृत्तिमा लागेकाहरू, महिला बन्दीहरू, बहुविवाह गर्नेहरू र बालविवाह गर्नेहरूमा पनि यो रोग बढी मात्रामा पाइएको छ ।
२. धूम्रपान : ज्यादा धुम्रपान गर्ने महिलाहरूमा पनि यो रोग अक्सर पाइएको छ ।
३. संक्रमण : विभिन्न खालका संक्रमण हुन्छन्  , जस्तै स् ह्युमन पापिलोमा भाइरस वा अन्य यौन संक्रमण भएकाहरूमा पनि यो रोग ज्यादा पाइएको छ । यी बाहेक कम आय भएका वा अशिक्षित एवं आफ्नो शारीरिक सरसफाइ नगर्नेहरूमा पनि बढी पाइएको छ ।

रोगका लक्षणहरू
१. यौन सम्पर्कको लगत्तै हुने रक्तस्राव कन्ट्याक्ट ब्लिडिङ ।
२. महिनावारी अघिपछि योनीबाट हुने रक्तस्राव वा महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट रगत ९पोस्ट मेनोपोसल ब्लिडिङ० आउनु ।
३. रक्त अल्पता ९ज्यादा रक्तस्रावको कारणले हुने० वा गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।
४. ज्यादै फैलिएको अवस्थामा तल्लो पेटमा पीडा हुने, खुट्टाहरू सुन्निने, दिसापिसाबमा रगत देखा पर्ने आदि । उपरोक्त कुनै पनि लक्षणहरू देखा परे तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नुपर्छ । निदान पाठेघरको मुखको परीक्षण गरी शंका लागेको स्थानबाट मासुको टुक्रा निकाली बायोप्सी गराई क्यान्सर लागेको टुंगो लाग्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !