२५ बैशाख २०८१, मंगलबार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. अञ्जनीकुमार झा नियुक्त


प्रा डा अञ्जनीकुमार झा

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् ।

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष पदको लागि प्रा. डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !