२० बैशाख २०८१, बिहिबार

दमको रोगमा ईसबगोल भुसिको प्रयोगबारे उपयोगी जानकारी


दमको रोगमा ईसबगोल भुसिको प्रयोग

दमको रोग एक श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । दमको रोगलाई अंग्रेजीमा आस्थमा (Asthama) भनिन्छ । वातावरणीय प्रदुषण, धुवाँ-धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको पराग कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम हुन सक्दछ ।

यदि कसैलाई एलर्जी (Allergy ) छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई दम हुने सम्मभावना बढ्ने हुन्छ । दममा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास-प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् ।

दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । धुलो,धुवा र भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।

यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

आज हामीले दमको अनौठो अपत्यारिलो खालको औषधिबारे जानकारी पस्कन गइरहेका छौं । ईसबगोल भुसि यो खास गरी कब्जियत हटाउन प्रयोग गरेको पाइन्छ । तर आजको लेखमा दमको उपचार पनि इसबगोलको प्रयोगले दम निको हुन्सक्छ ।

दमको रोग कसरी लाग्छ भन्ने विषयबारे जानकारी पाउनु भयो तर पेटमा हामीले खायको अन्न मात्र होइन थुप्रै विकार पदार्थको भण्डार छ जब हामीले यो भण्डारलाई सफा गर्दैनौ यसले कालान्तरमा दमको रोग जस्ता अनेकौं रोगले आक्रमण पनि गर्न सक्दछ । अत्यधिक कफ पैदा भएपछि दम सुरु हुन्छ यदि हामीले कफ सफा गर्न सकिएन भने हामीलाई दमको रोग लाग्न सक्छ ।

घरेलुु औषधि इसबगोलको प्रयोग गर्ने तरिका

ईसबगोल १० ग्राम जति पाउडर नित्य राति ४ हप्तासम्म सेवन गर्नाले क्रमश: यो रोग निको हुन्छ ।

नोट : यो लेख गुप्त योगबाट प्राप्त भएको छ सेवन गरेर हेर्नुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !