२० बैशाख २०८१, बिहिबार

नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न


नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण कार्यक्रम

नवलपुर । हिजो शुक्रबार फाल्गुन २७ गते नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा नवलपुर स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीका लागि मुटुरोग पहिचान एवम् कर सम्बन्धमा प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम स्थान होटल क्रिस, दलदले, नवलपरासीको कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रम मार्क फर्मुलेशनले स्पोनसर गरेको थियो । यस कार्यक्रममा डा. शंकर लौडारीबाट मुटु सम्बन्धि जनचेतना फैलाउने उद्धेश्यका साथ औषधि व्यवसायीलाई जानकारी दिइएको पाइएको थियो भने कर सम्बन्धित जानकारी माधव प्राजुली करविष्लेसकद्वारा दिइएको थियो ।

यस्ता कार्यक्रमले समाजमा मुटु रोगबाट आफुलाई र सिंगो समाजलाई स्वास्थ्य रहन मद्दत पुग्न सक्ने आशा लिएको छ । भविष्यमा यस्ता कार्यक्रम समय समयमा दिइरहेमा गुड मेडिकल प्रक्टिसनर इन फार्मेसीको स्तरमा सुधार देखिन सक्ने छ ।

हिजोको यस कार्यक्रममा प्रस्तुत विषय निकै नै चाख लाग्दा विषयमा अन्तर्क्रिया गरेको पाइयो । खासगरी नेपालको सम्मबन्धमा कर सम्बन्धी जानकारी हरेक फार्मेसीलाई हुन आवश्यक छ । यस कार्यक्रममा डाक्टर,फार्मासिस्टको उपस्थित बाक्लो थियो ।

बदलिदो समय साक्षेप हरेक व्यक्तिमा देखिने मुटु रोगबारे जानकारी दिन डा. शकर लौडारीद्वारा प्रष्ट बुझिने गरीमुटु सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । यसै कार्यक्रममा कर सम्बन्धि जानकारी माधव प्राजुली करविष्लेसकद्वारा प्रष्ट बुझ्ने गरी बुझाइएको पाइयो । यसरी लाग्ने व्यवसाय करको बारेमा प्रष्ट बुझ्ने गरी जानकारी दिनुभएको थियो ।

कर दायित्व तथा लेखा सम्बन्धि सामान्य जानकारी यस कार्यक्रमबाट प्राप्त भएको थियो । कर दाताले सोधेको प्रश्नको उत्तरको जवाफ प्रष्ट बुझ्ने गरी सम्झाइएको थियो । फार्मेसी व्यवसायी र क्लिनिक वीचको सम्बन्धमा राखिएको प्रश्नमा नगरपालिकाले फरक-फरक कर दिनुपर्ने बाध्यात्मक परिस्थिति देखिएको छैन भन्ने विषयमा छलफल गरिएको थियो ।

क्लिनिक स्वास्थ्य व्यवसाय र फार्मेसी व्यवसायी एउटै भएको अवस्थामा यसरी लिने कर फरक- फरक नभई एउटै तरिकाबाट दिने गरेको पाइएको छ । यदि कुनै फार्मेसी व्यवसायीले अलग-अलग तिर्ने गरेको भए मर्कामा परेको त छैन भन्ने विषय सवैभन्दा पेचिलो पाइएको छ ।

कर कार्यालयमा कर तिर्दा दुवैलाई जोडेर हुने कर एउटै रूपमा दिने गरेको देखिएको छ । अन्तमा यस कार्यक्रममा पाल्नु हुने वक्ताहरूद्वारा यसको हकहितमा जोडदार रूपमा बोल्नु भएको थियो । यस कार्यक्रमको केहि झलक तल दिइएको छ ।

नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण कार्यक्रम नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण कार्यक्रम नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण कार्यक्रम नवलपुरमा मुटुरोग सम्वन्धी प्रशिक्षण कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !