२१ बैशाख २०८१, शुक्रबार

बहुउपयोगी जडिबुटी मरौटीका फाइदा बारेमा छोटो जानकारी


मरौटी

स्वास्थ्यका दृष्टिकोणले मरौटी निकै महत्वपूर्ण औषधिको रूपमा लिइएको छ । हाम्रो भन्सामा प्राय: अचारको रूपमा मरौटी खाने गरेका छौं । मरौटीलाई नचिन्ने कम होलान भन्ने मलाई लाग्छ। मरौटीको स्वाद हल्का पिरो रमरमको स्वादमा हुन्छ ।

मरौटिलाई आयुर्वेद औषधिमा बढी प्रयोग हुने गरेको पाइन्छ। खोकी लाग्दा होस् मुखको घाउमा मरौटी प्रयोग हुने गरेको हुन्छ । मरौटीको व्यवसायी हिसाबले राम्रो आम्दानीको स्रोत देखिएको छ । गाउँघरमा पेट दुख्दा दाँत दुख्दा अपच हुदा मरौटी प्रयोग हुने गरेको छ ।

मरौटी बहुउपयोगी जडिबुटी अन्तर्गत पर्दछ । औषधि र मसला दुवै गुण मरौटीमा पाइन्छ । खाना स्वादिष्ट बनाउन यस्को प्रयोग बढी हुने गरेको पाइन्छ । खानामा रूचि नहुनेहरूलाई यसको चटनी खाने गरेमा धेरै खाने गरेका धेरै सुन्न पाइन्छ ।

मरौटीको सुप बनाएर सेवन गर्ने चलन पनि छ । शरिर दुख्दा पात जरा दलेर पनि निको हुने गरेका थुप्रै वैद्यहरूको अनुभव पनि छ । आजकाल यसको उपयोग कम भएर होला विस्तारै हराउदै जान थालेको देखिन्छ ।

यस्ता औषधि लोपोन्मुख हुनुमा यसका फाइदाबारे जानकारी नहुनाले हुनसक्छ भन्ने हाम्रो ठम्याइ छ । चाहे जेहोस् यस्ता औषधि लोपोन्मुख हुन दिनु हुदैन यसलाई हामीले गमलामा रोपेर पनि फाइदा उठाउन सक्छौं । यस्ता औषधि लोप हुनबाट बचाउनु आजको आवश्यकता पनि हो । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !