एण्टिवायोटिक मेडिसिनलाई एण्टि ब्यक्टिरियल मेडिसिन भन्ने गर्दछन् । यसको खास काम भनेको शरिरमा भएको व्हाइट सेल्स जीवाणुलाई समाप्त पार्न सकिरहेका हुदैनन् । त्यस्तो अवस्थामा एण्टिवायोटिक औषधिको माध्यमबाट प्रतिरोधी जीवाणु शरीरमा पठाएर संक्रमण गर्ने खालका ब्याक्टेरियालाई समाप्त पार्ने काम गर्दछ ।
यदि सहि तरिकाले एण्टिवायोटिक औषधि चलाउन सके मानव जीवन बचाउन सकिनेछ भने अर्कोतर्फ अनावश्यक एण्टिवायोटिकको प्रयोगले आवश्यक ब्याक्टेरिया समेत नष्ट हुन गई मानिसलाई रोगको दलदलमा धकेल्ने काम भइरहेको छ । आजकाल रोगी बढ्नुको पछाडिको मुल कारण यही हो भन्दा खासै फरक नपर्ने देखिन्छ ।
औषधि सेवन गर्दा सवैभन्दा तौल र मात्रा कति खाने र कति दिन खाने भन्ने कुरा नबुझी औषधि सेवन गराउदा यसबाट फाइदा नभई बेफाइदा बढी हुन सक्ने एक अध्ययन देखाएको छ । नेपालमा सामान्य खालका रोग जस्तै रूघाखोकीमा सामान्य घरेलु औषधिबाट पनि रोग निको बनाउन सकिन्छ ।
तर त्यसो नगरि अनावश्यक एण्टिवायोटिक चलाउदै गर्दा यसको असर मानव स्वास्थ्यमा धेरै पर्न गएको छ । विगत लामो समयदेखि हामीले यसै विषयमा हरेकलाई आग्रह गर्दै आएका छौं । आयुर्वेद औषधि सेवन गराउदा यसले लामो समय सेवन गराउदा पनि शरीरमा भएका ब्यक्टेरिया नष्ट नभई अझ बलिया बनाउदै जाने गर्दछ ।
रोगी शरीरलाई आवश्यक तत्वको अभावमा विविध रोगको आक्रमण हुदै जाने प्रक्रियालाई आयुर्वेद औषधिले रोक्ने काम गर्दछ । सवैभन्दा महत्वपूर्ण कुरा यो छकी जडिबुटीको सेवनले शरीर कमजोर नभई रोगलाई शरीरबाट बाहिर फ्याक्ने काम एलोपैथिकले गर्दैन तर आयुर्वेदले गर्दछ भन्ने कुरा थुप्रै उदाहरण दिन सकिन्छ ।
मेरो बिचारमा आवश्यक महसूस हुँदा मात्र चिकित्सकको परामर्शमा एण्टिवायोटिक चलाउदा ठिक होला भन्ने लागेको छ । आजकाल अधिकांश एलोपैथिक औषधि रेजिस्टेण्ड भएको प्रमुख कारण अत्यधिक एण्टिवायोटिक औषधि प्रयोग भएको हुन सक्ने हाम्रो बुझाई छ । सामान्य खालका रोगमा पनि यस्ता औषधि सकेसम्म नचलाउदा यसको परिणाम राम्रो हुन सक्ने लागेको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।