१४ बैशाख २०८१, शुक्रबार

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट के आयो ?


सुजिता भण्डारी

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आए पनि स्पष्ट हुन सकेन । स्रोतका अनुसार भण्डारीको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्रोतका अनुसर पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । भिसेरा जाँचबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !