२२ बैशाख २०८१, शनिबार

सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिनेछ : स्वास्थ्यमन्त्री तामाङ


शेरबहादुर तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने बताएका छन् ।

मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने स्पष्ट गरेका हुन् ।

उनले ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुने जानकारी दिँदै असारभित्र सबै अस्पतालको टेन्डर प्रक्रिया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण शुरु गरिने बताए ।

तामाङले आफ्नो पहिलो प्राथमिकतामा भनेको नागरिकको जीवनरक्षा गर्नु रहेको बताएका छन् । उनले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु