२३ बैशाख २०८१, आइतबार

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या


वीर अस्पतालको नयाँ भवन

काठमाडौँ । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन् । नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र ७ हजार २०० मात्र उत्पादन हुने गरेको छ ।

“हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ तर अक्सिजन नभएपछि त्यकिै रोकिएको छ ”, उहाँले भन्नुभयो, “ अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदै ।”

शुरुमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो । उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !