१४ बैशाख २०८१, शुक्रबार

टाउको दुखाई कम गर्ने घरेलु उपायहरु


depresion

टाउको दुखाई पनि एक समस्या हो । मानिसहरुलाई चिन्ताको कारणले गर्दा पनि टाउको दुखेको हुन्छ । कतिलाई त्यहि चिन्ताले गर्दा र कुनै ठुलो घटनाले गर्दा जुन अविस्मरणीय हुन्छन् । त्यस्ता अविस्मरणीय घटना तथा समस्याहरुले पनि टाउको दुखेको हुन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन् । त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो । टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ ।
टाउको दुख्नु भनेको आफैंमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो । यो बिभिन्न कारणले हुन्छ । मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ ।

घरेलु उपायहरु

१. जीरा पानी पकाएर ताततातै पिउने ।
२. बुहारी झारको फुल माडेर नस हाल्ने ।
३. नाकेडाँडीको अन्तीम भाग र आँखी भौंको अन्तिम भाग दुबै भागमा मालिस गर्ने ।
४. नाकको फोराको दुबै तर्फ मालिस गर्ने ।
५. घिरौँलाको पातको रसमा वंग, भष्म फिटेर खाने ।
६. टाउकोको वीच भागमा हल्का मालिस गर्ने ।
७. हातको चोर औंला र बुढी औलाको फेदको फराकिलो भागमा अर्को हातको बुढी औंलाले मालिस गर्ने ।
८. खुट्टाको बुढी औला र चोर औँलाको वीच भागमा हातको बुढी औंलाले मासिल गर्ने ।
९. कागतीको बोक्रालाई घोटेर वाक्लो चन्दन जस्तो वनाएर रातो रक्त चन्दन पनि घोटेरै दुवै लेप वरावरी मिलाई निधार र कन्चट तिर वाक्लो लेप लाउने ।
१०. तातो चियामा दुध नहालीकन एक दाना कागतीको रस मिसाएर तात्तातै पिउने ।
११. ढुकुर अथवा परेवाको सुलि र रायो मिहिन पारी पिसेर निधार तथा कंचटमा लेप गर्ने ।
१३. अदुवाको सुठो, पुरानो सखर र नाग भष्म मिसाई पानी सँग पिउने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !