सुगरको घरेलु औषधिबाट सफल उपचार Nepalpatra सुगरको घरेलु औषधिबाट सफल उपचार
१५ फाल्गुन २०७७, शनिबार

सुगरको घरेलु औषधिबाट सफल उपचार


सुगर रोग

सुगर रोग लाग्नुको पछाडि आफ्नै लापरबाहीले गर्दा सुगर रोग लाग्ने गरेको हुन्छ । सुगर रोग लाग्नुको पछाडि कृतिम खाना हुने गरेको तथ्य फेला परेको छ । सुगर रोग खासगरी घरभित्र बस्नेहरूमा बढी देखिएको छ ।

जब-जब हाम्रो शरीरमा इम्युनो सिस्टम कमजोर हुन थाल्छ तब-तब हामीलाई सुगर रोग लाग्न थाल्दछ । हाम्रो शरीरमा हुने प्यान्क्रियाजले इन्सुलीन बनाउन छोड्छ तब-तब हामीलाई सुगर रोग लाग्न थाल्दछ । यदि हामी दैनिक १/५ घण्टा घाममा बस्छौं भने हाम्रो शरीरमा भिटामिन डि प्राप्त हुन्छ यसले गर्दा शरीरमा इम्युनो सिस्टम बलियो हुदै जान थाल्दछ ।

व्लड सुगरका रोगीले फलफूल प्रशस्त सेवन गर्नुपर्दछ । प्राकृतिक सुगरले नोक्सान होइन राम्रो फाइदा गराउदछ । तर कृतिम सुगरले भने नोक्सान हुने गरेको छ । आजको लेखमा थुप्रै पत्रिकामा आँपको गुलियोले नोक्सान गर्ने कुरा उल्लेख गरेको पाइयो तर यो गलत हो यसले सुगर बढाउनु होइन रोक्न ठूलो सहयोग गर्नेछ ।

प्रकृतिलाई लत्याउदै गर्दा हामी रोगको दलदलमा फस्दै गएका छौं । यदि हामीले प्रकृतिको नियमलाई पालना गर्दै जान्छौं भने हामीलाई सुगर जस्ता थुप्रै रोगबाट बचाउने छ । सुगर हाम्रो शरिरमा सामान्य भन्दा बढी हुने हुन्छ । पाकेका खाना भन्दा काँचो खाना खानाले हाम्रो स्वास्थ्यमा राम्रो फाइदा हुने गर्दछ ।

राम्रोसंग ब्लड सुगरको उपचार भएन भने भविष्यमा थुप्रै रोग लाग्ने सम्भावना बढेर जाने हुन्छ । नेपालमा कृतिम आयोडिन नुन हरेक घरमा हुँदाहुँदै पनि हरेक महिलामा अहिले थाइराइड बढी देखिएको छ भने पुरुषमा मधुमेह देखिने गरेको छ । यदि तपाईंको उमेर ३० वर्षभन्दा बढी छ भने सुगर चेक गराउनुपर्छ ।

सुगर रोग लागेकाहरूलाई ग्लुकोमा अन्धोपन रोग लाग्ने हुन्छ । यो जस्ता अन्य रोगहरू जस्तै प्यारालाइसिस,खुट्टा पोल्ने, झमझमाउने राति बढी दिसा लाग्ने, डायरिया हुने ‘इरेक्टाइल डिसफङ्सन’ हुने, छातीमा इन्फेक्सन भई निमोनिया हुने जस्ता समस्या देखिन सक्छ ।

मधुमेह रोकथाम गर्न सक्ने रोग भएकाले यसबाट बच्न सकिन्छ । मधुमेहको जोखिम कारक पत्ता लगाउनुपर्छ । यदि आफ्नो परिवारमा कसैलाई मधुमेह छ, तौल धेरै छ, गर्भावस्थामा मधुमेह भएको छ, शारीरिक व्यायाम छैन भने यसले मधुमेहको जोखिम बढाइदिन्छ ।

यस्तो छ भने रोग पत्ता लगाएर उपचार गराउनुपर्छ किनभने मधुमेह भएको ५० प्रतिशत भागमा कुनै पनि लक्षण हुँदैन । त्यसकारण समयमा पत्ता लाग्यो र उपचार भयो भने मधुमेह कन्ट्रोल गर्न सकिन्छ ।

एचबीए जाँचद्वारा ३ महिनाको सुगर कस्तो छ भन्ने थाहा हुन्छ । सुगरलाई हरेक जाँचमा ७ प्रतिशतभन्दा मुनि राख्नुपर्छ । यदि एचबीएमा ७ प्रतिशतभन्दा बढी, ब्लड प्रेसर १ सय ३० का मुनि ८० छ भने र कोलेस्ट्रोल नियन्त्रण छ भने जटिलताबाट बच्न सकिन्छ ।

मधुमेह लागेको छ भने सुरुमा नै मधुमेह विशेषज्ञ डाक्टरकोमा गएर उपचार गराइहाल्नुपर्छ । औषधि पनि प्रयोग गरिहाल्नुपर्छ तर यसको उपचार समयमा आयुर्वेदबाट गराउन सकिन्छ राम्रो फाइदा हुनेछ । यो जीवनशैलीबाट आएको रोग हुनाले खानपानमा परिवर्तन गर्नुपर्छ ।

आउनुस् सुगरको उपचार घरेलु औषधिबाट यसरी गरौं ।

१. मेथी हाम्रो भान्सामा हुने गरेको छ तर यो मधुमेहको उत्कृष्ट औषधि हो भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । मेथी २ चमच जति साँझ भिजाएर राख्ने प्रात: मिचेर दैनिक ३ महिनासम्म खानाले यो रोग समाप्त हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !