८ बैशाख २०८१, शनिबार

महिनावारी अनियमितताका कारणहरु


Menstrual Irregularities महिनावारी अनियमितता

मानिस जन्मिसकेपछि मानव शरीरको प्रत्येक अंगहरु बिकास भएको हुन्छ । मानव शरीरको विभिन्न बिकासको चरणसंगै महिलाहरुमा पनि एक प्रक्रिया रजस्वला तथा महिनावारी हो । जुन ११ देखि १४ वर्षमा महिनावारी शुरु हुन्छ । यो प्रक्रिया किशोरी अवस्थामा शुरु भई ४९ वर्षसम्म निरन्तर महिनामा एकचोटी हुने एक प्रक्रिया हो । महिनावारी गडबड हुनसक्छ । महिनावारी शुरु भएको ४–५ वर्षसम्म यस्तो समस्या पर्न सक्छ । महिनावारी सुक्नु भन्दा १–२ वर्ष पहिले पनि गडबडी देखा पर्न सक्छ । साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भई उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ । कहिलेकाहीँ खानपान तथा बसाई -सराइका कारण पनि महिनावारी गडबड हुन्छ ।

हाम्रो समाजमा यसलाई अछुत भएको अवस्था भन्ने गरिन्छ । यस्तो भएको अवस्थामा कुनै पुजाहरुमा पनि सहभागिता हुन दिदैनन् । यो प्रक्रिया कसै-कसैको पहिलो पटक भएर २/४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ । महिनावारी बन्द भईसकेपछि पनि अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ । मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा प्रि क्यान्सर हुँदा पनि रगत जान सक्छ ।

महिनावारी अनियमितताका कारणहरु

पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् कार्की बताउँछिन् । हार्मोनको असन्तुलनका कारण यस्तो भएको डा. कार्कीले बताइन् । उनका अनुसार इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ । कहिलेकाहीँ खानपान तथा बसाई सराईका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् । साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ ।  पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुनसक्छ । महिनावारी सुरु भएको ४–५ वर्षसम्म यस्तो समस्या पर्न सक्छ । महिनावारी सुक्नुभन्दा १–२ वर्ष पहिले पनि गडबडी देखा पर्न सक्छ ।

महिनावारी अनियमितका जटिलताहरु

१. रक्तअल्पता वा एनिमिया हुने
२. व्यक्तिगत तथा सामाजिक अस्वस्थता
३. यौन जीवनमा समस्या
४. बाँझोपनको समस्या
५. यौनाङ्ग क्यान्सरको समस्या
यदि शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने त्यसपछिका समस्या झन् थपिँदै जटिलताहरु आउँछन् । समयमा नै उपचार नभए मृत्यु समेत हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !