२४ बैशाख २०८१, सोमबार

एन्जाइनाको दुखाई कम गर्ने घरेलु औषधि


एन्जाइना
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एन्जाइनाको सामान्यतया छातीमा दबाब, भारीपन, जकड्रन वा दुखाईको रुपमा वर्णन गरीएको छ । एन्जाइना एक तुरुन्त हुने समस्या वा अचानक हुने समस्या हो ।

रगतमा हुने अक्सिजन हृदयको मांशपेशी जीवित राख्नको लागि अत्यन्त आवश्यक हुन्छ । जब तपाइँको दिलको मांशपेशीमा अक्सिजनको कमि हुन्छ तब आइस्केमियाको कारण बन्न छ ।

तपाइँको दिलमा मांसपेशीमा कम रक्त प्रवाह हुने प्रमुख कारण कोरोनरी धमनी रोग हो । हृदय (कोरोनरी) धमनी प्लैक्स जम्मा भएको कारण खुम्चिन सक्छ । यसैलाई ऐथेरोस्क्लेरोसिस भनिन्छ । यस्तो समस्या कोही कसैलाई छ भने तुरुन्त उपचार गराई हाल्नु पर्छ ।

औषधि बनाउने तरिका

१. पुनर्नवाको जरा ल्याउनुहोस् र सुकाएर यसको चूर्ण बनाउनुहोस् । ३ ग्राम जति चूर्णमा २५० ग्राम जति दूधमा समभाग पानी मिलाउनु होस् र पकाउनु होस् दूध मात्र बाँकी भएपछि उतार्नुहोस् र २० ग्राम जती मिस्री मिलाएर खानुस केहि समयमै फाइदा देखिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !