१४ बैशाख २०८१, शुक्रबार

होम्योपैथीक औषधिबाट ग्यास्ट्रिकको उपचार


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हरेक नेपाली २ जनामध्ये एकजनालाई ग्यास्ट्रिक भएको हुन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । जब पेट खाली हुन्छ तब त्यहाँ हावा भरिन थाल्दछ । पेट भरेर होइन थोरै थोरै खाने पिरो अमिलो नखाने गरेमा ग्यास्ट्रिक आफै निको हुन सक्छ भनेको छ ।

ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, पेट भारी हुनु, अपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै ग्यास्ट्रिक हुनुको प्रमुख लक्षण हो ।

आजको लेखमा ग्यास्ट्रको उपचारबारे प्रकाश पार्नेछु । हाम्रो स्वास्थ्यप्रति हामीले नै हेलचक्राई गरेका छौं । ग्यास्ट्रिको उपचार समएमा नगर्दा पेप्टिक अल्सर हुने खतरा बढ्न सक्छ । आज हामीले ग्यास्ट्रिकबाट बच्न के कस्ता औषधि खाने भन्ने जानकारी दिनेछौं।

ग्यास्ट्रिक कुनै रोग नभई हाम्रो खानपिनको लापरबाही मध्ये एक हो भन्ने निश्कर्ष निकालेका छौं । हामीले खाना खान्छौ तर पेट राम्रोसंग सफा नभएपनि ग्यास्ट्रिक हुन सक्छ । त्यसैले पेट सफा हुन हप्तामा एक दिन उपास बस्नुस भन्ने हाम्रो राय छ । पेट दुख्नासाथ हामी औषधि सेवन गर्छौं यो नितान्त गलत हो यसो गर्नाले ग्यास्ट्रिक नभएको भएपनि हामीलाई त्यसै ग्यास्ट्रिक हुन थाल्दछ । आजको लेखमा होम्योपैथीक औषधिबाट ग्यास्ट्रिकको उपचार गर्नेबारे जानकारी पस्कनेछौं ।

ग्यास्ट्रिकको उपचार गर्ने तरिका सिकौं

१. कब्जीयत

काली म्यूर, नेट्रम म्यूर र सेलेशिया प्रमुख औषधि हुन । लिभरको कारणले भएको समस्यामा काली म्यूर,नेट्रम म्यूर प्रमुख औषधि दिन सकिन्छ भने सेलेशिया जीब्रोमा मैला जम्ने,स्वाद नभएको अवस्थामा दिन सकिन्छ ।

२.पेट फुल्ने पेट ढाडिने भएमा

कैलकेरिया फास यो रोगको प्रमुख औषधि मानिएको छ । यो साना साना बच्चालाई दिन सकिनेछ । ठुलाका लागी भने कैलकेरिया फास र काली फास ६x मिलाएर खान दिनुस ठिक हुन्छ ।

३. पेट दुख्ने गर्छ भने

मैगनेशिया फास,काली फास र काली सल्फ दिनाले पेट दुख्ने समस्या हल हुन्छ ।

३. ग्यास्ट्रिले गर्दा पेट पोल्ने अमिलो डकार आउने खाना नपच्ने जस्ता समस्या देखिएमा नेक्सो सिड सिरप १० देखि १५ एम.एल औषधि दिन्मा ३ पटक दिनुस ठिक हुन्छ ।

४. वायोकेमिक औषधि ४ गोली ४ पटक र सानालाई आधा मात्रामा दिन सकिन्छ । होम्योपैथीक औषधिको कुनै साइडइफेक्ट छैन निर्धक्क भएर चलाउन सक्नुहुन्छ ।

नोट : औषधि सेवन गर्दा होम्योपैथीक डाक्टरको परामर्शमा लिने गर्दा अझ राम्रो हुनेछ ।

यो पनि पढनुहोस्

मोतियाविन्दुको उपचार यसरी गर्न सकिन्छ

गाईको घिउबाट गरिने रोगको उपचार

रोग लाग्नुको कारण र बच्ने उपायहरु बारेमा सरकारले बुझ्नुपर्ने कुराहरु

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !