६ बैशाख २०८१, बिहिबार

मोतियाविन्दुको उपचार यसरी गर्न सकिन्छ


मोतियाविन्दु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा आँखाको रोगमध्ये मोतियाविन्दु रोग धेरै देखिन थालेको छ । पाको उमेरमा देखिने मोतियाविन्दु निको पार्ने एउटै मात्र उपाय शल्यक्रिया हो भन्ने डाक्टरको राय छ तर प्राम्भिक मोतियाबिन्दु देखिएमा होम्योपैथीक औषधिले निको बनाएका थुप्रै रोगी हामीले पाएका छौं ।

उमेर तथा अन्य कारणले मानिसको आँखाको कालो नानी पछाडिको पारदर्शक लेन्स बादल लागे झैँ अपारदर्शक हुन जान्छ, जसले गर्दा बाहिरको प्रकाश आँखाभित्रको दृष्टि पर्दासम्म पुग्न पाउँदैन र आँखाले देख्न छोड्छ । आँखाको यही रोगलाई मोतियाविन्दु भनिन्छ ।

यस्ता छन् मोतियाविन्दु हुनुका प्रमुख कारणहरु

१. मोतियाविन्दु पीडित झन्डै ८० प्रतिशत ४० वर्षमाथिका बिरामी पाइएका छन् । त्यसैले बढ्दो उमेरलाई मोतियाविन्दुको प्रमुख कारण मानिएको छ । उमेरका अलावा आँखामा लाग्ने चोटपटक, मधुमेह, कुपोषण, आँखाका अन्य संक्रमण, स्टेराइड औषधिको दुष्प्रभावका कारणले गर्दा पनि मोतियाविन्दु हुन सक्छ ।

२. मोतियाविन्दु जन्मजात पनि हुन सक्छ । जन्मजात मोतियाविन्दुको एउटा कारण वंशानुगत हो । अर्को भनेको बच्चा गर्भमा रहेको पहिलो ३ महिनाभित्र गर्भवतीमा रुवेल्ला नामक भाइरसको संक्रमण भई दादुरा आएमा बच्चा जन्मँदै मोतिविन्दु भएर जन्मिने सम्भावना हुन्छ ।

यस्तो छ मोतियाविन्दुको पहिलो लक्षण

मोतियाविन्दुको सुरुवात भएपछि एउटा वा दुवै आँखामा बिस्तारै धमिलोपन महसुस हुन थाल्छ । चोटपटक तथा अन्य कारणका अलावा उमेरका कारण हुने मोतियाविन्दुमा आँखा दुख्ने, पोल्ने वा रातो हुने हुँदैन । मोतियाविन्दु सुरु भएको आँखाले टाढाका वस्तुहरू हेर्दा बिस्तारै आकृति धमिलो हुँदै जान्छ र केही महिनापछि पूरै नदेख्ने हुन्छ ।

मोतियाविन्दुको उपचार

१. Calcarea Flourica

कैलकेरिया फ्लोरिका (Calc.Flour) मोतियाविन्दको सर्वोत्तम औषधि मानिएको छ । यो औषधि ४ गोली दिनमा ४ पटकसम्म खान दिनाले प्रारम्भिक मोतियाविन्दु निको हुन्छ ।

२. Cineraria Maritima Eye Drops

सिनेरिया मरिटिमा आई ड्रोप्स दिनमा चारपटक १,१ थोपाको दरले आँखामा औषधि ठिक नहुदा सम्म राख्ने ।

नोट : आँखाको उपचारमा लापरबाही अपनाउनु भनेको अन्धोपन हुनु हो । मोतियाविन्दुको उपचार गर्दा डाक्टरको परामर्शमा गर्दा राम्रो हुनेछ ।

   

 

 

 

 

 

 

 

यो पनि पढनुहोस्

गाईको घिउबाट गरिने रोगको उपचार

रोग लाग्नुको कारण र बच्ने उपायहरु बारेमा सरकारले बुझ्नुपर्ने कुराहरु

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

जाँच्ने निकाय नहुँदा कतै हामीले विदेशीले पठाएको जहर त खाइरहेका छैनौं ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !