१३ बैशाख २०८१, बिहिबार

रोग लाग्नुको कारण र बच्ने उपायहरु बारेमा सरकारले बुझ्नुपर्ने कुराहरु


डायलासिस 493762819
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी यति व्यस्त छौं कि हामीलाई आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिन सक्ने समय छैन । कसैलाई उच्च रक्तचापले पिडित छन्, कसैलाई मधुमेहले । कसैलाई कोलोस्टोरले त, कसैलाई थाइराइडले । के नेता के जनता सबै रोगले ग्रस्त छन् । औषधी खाइरहेका छन् । उपचार गराइरहेका छन् ।

आज सर्बसाधरणको घर-घरमा पनि दीर्घरोग प्रवेश गरिसकेको छ । बुवा, आमा, काका, काकी, हजुरबा, हजुरआमा कोही न कोही दीर्घ रोगले सताइएका छन् । बद्लिदो जीवनशैली, अस्वस्थ खानपान तथा ब्यायामको कमीका कारण आजकाल धेरै मानिसहरु उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, मुटुरोग, क्यान्सर जस्ता प्राणघातक दिर्घ रोगको उच्च जोखिममा छन् ।

यसको प्रमुख कारण हो खानपान । नेपालमा दीर्घरोग लाग्नुको मुख्य कारण खानपानलाई नै मानिन्छ । बिभिन्न तथ्यांकहरु हेर्दा पनि बद्लिदो जीवनशैली तथा गलत खानपानकै कारण नेपालमा दिर्घरोगको संख्या दिनानुदिन बढ्दै गएको पाईन्छ । सरकारले दिर्घरोगसँग लड्न बिभिन्न उपायहरु अवलम्बन गरेता पनि ठोस प्रगति भने हासिल गरेको देखिएको छैन ।

रोग के कारणले फैलदैछ भन्ने कुराको जानकारी जबसम्म जान्न सकिने छैन तबसम्म हामी रोगको दलदलमा फस्दै जानेछौं । रोग लाग्नुको कारण के भन्नेतर्फ नलागेर रोगको असरलाई न्युनिकरण गर्ने प्रयास मात्र यहाँ भइरहेको छ । नेपालीमा एउटा उखान छ “जस्तो होला त्यस्तै टर्ला” भन्ने प्रचलन हाबी हुदैछ । समस्याको जरा एकातिर छ, समाधान अर्कोतिर खोजिएको छ ।

उदाहरणका लागि मृगौल फेल भएका ब्यक्तिलाई सरकारले डायलासिस सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ । क्यान्सर लागेका बिरामीलाई केमोथेरापीमा सहुलियत दिनुका साथै अन्य दिर्घरोगको उपचारमा सरकारले करोडौं रकम निकासा गर्दै आएको छ । मृगौला र क्यान्सर पीडित ब्यक्तिलाई रकम दिनु राज्यले नागरिकको हितमा राम्रो काम गरेको भएतापनि नेपालमा बढ्दै गएको दिर्घरोगले भोलिका दिनमा राज्यलाई निकै भार थपिने देखिन्छ । जति-जति रोगी थपिदै जान्छन्, राज्यले पैसा पनि उत्तिनै खर्च गर्नुपर्ने हुन्छ । आखिर यो सिलसिला कहिलेसम्म चल्न सक्छ । रोग लागिसकेपछि रोगीको उपचार गर्नु वा सहुलियत खोज्नुभन्दा रोग लाग्नै नदिने वातावरण वनाउनु वुद्धिमानी हुनसक्छ ।

हामी नेपालीहरूलाई दीर्घरोगले किन यति धेरै सताइरहेको छ भन्ने प्रश्न गर्दा त्यसको उत्तर हो, गलत खानपान र लापरबाही । नेपालीहरुलाई खानपानमा ‘के खाने’ भन्ने त थाहा छ । तर पनि हामी खानपानमा बढी लापरबाही गर्छौं । आयोडिन नुनकै कुरा गरौं, आयोडिनको कमि भएका व्यक्तिलाई आयोडिन नुन दिनुस फाइदा गर्न सक्छ तर जस्लाई आयोडिनको आवश्यक छैन भने त्यस्ता व्यक्तिले ज्यादा आयोडिनयुक्त नुन खायमा क्यान्सर र दिर्घ रोग हुन सक्ने खतरा बढ्न सक्छ ।

नेपालीहरू नुनको सेवन बढी गर्ने हुनाले नै दिर्घ रोगको दलदलमा फस्दैछन् । नुनलाई स्वादको रूपमा हेर्नु जायज छ तर यसले शरीरमा अनेकौं रोग निम्ताउन सक्ने खतरा बढाएको छ । आज बजारमा बढी नुन भएका बस्तुहरू नै बढी विक्रि हुने गरेको पाइन्छ । यस्ता बस्तुहरूको सेवनमा रोक लगाउन आवश्यक छ ।

यस्ता दिर्घ रोगबाट बचाउन ध्यान दिनुपर्ने कुरा यस्ता छन्

१. आज बजारमा पाइने हरेक वस्तुमा मिसावट छ । आज बजारमा बिक्री बितरण हुने खाद्य वस्तुहरुमा बिभिन्न रसायन मिश्रित भएको देखिन्छ । उदाहरणका लागि सागसब्जीमा विषादीको प्रयोग, फलफूलमा रंगको प्रयोग,माछामा फर्मालिन, कुखुरामा एन्टीवायोटिक्स, चामलमा प्लाष्टिक र ढुंगा, दुधमा सोडा र यस्तै अन्य थुप्रै खाद्य सामाग्रीमा मिसावट भएको पाइन्छ । यस्ता विषयमा पब्लिकलाई जानकारी पस्कन सके दिर्घ रोगबाट बचाउन सकिनेछ । तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन् ।

यो पनि पढनुहोस्

घ्युकुमारीको प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यका लागि भेण्टाका फाइदाहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले

जाँच्ने निकाय नहुँदा कतै हामीले विदेशीले पठाएको जहर त खाइरहेका छैनौं ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !