७ बैशाख २०८१, शुक्रबार

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?


नुन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नुन हाम्रो लागी आवश्यक बस्तुमध्ये एक पर्दछ । तर यहि वस्तुको सेवन बढी गर्नाले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । नुनले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न जरुरी छ ।

नुनको बढी सेवनबाट हने असर

१. नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्यु समेत हुन सक्छ ।

२. विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । जुन पक्षघात (स्ट्रोक) र हृदयाघातको कारण बनिरहेको छ ।

३. वयस्क मानिसमा आवश्यक भन्दा बढी सोडियम हृदय रोगको कारक बन्ने गर्छ ।

४. खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत ह्रास ल्याउँछ ।

५. शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ ।

६. खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी असर गर्ने गर्दछ ।

७. प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् ।

८. उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गाैलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणाम स्वरूप मिर्गाैला बिग्रने सम्भावना रहन्छ ।

९. उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्य पदार्थले शरीरमा आवश्यकता भन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ ।

१०. आयोडिनयुक्त नुनको प्रयोग आयोडिन कम भएका लागि उपयुक्त हुन सक्छ तर बढी आयोडिन हुनेलाई नोक्सान गर्न सक्छ । आयोडिनयुक्त नुनको बढी सेवनले पनि दिर्घ रोग निमताउने, क्यासरसम्म हुने खतरा बढेको छ ।

नोट : नुनको सेवन कम गर्नुहोस् । यस्ले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । नुनको बढी सेवनले क्यान्सरसम्म हुन सक्ने भनेको छ ।

यो पनि पढनुहोस्

गाईको घिउबाट गरिने रोगको उपचार

रोग लाग्नुको कारण र बच्ने उपायहरु बारेमा सरकारले बुझ्नुपर्ने कुराहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले

जाँच्ने निकाय नहुँदा कतै हामीले विदेशीले पठाएको जहर त खाइरहेका छैनौं ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !