१३ बैशाख २०८१, बिहिबार

जाँच्ने निकाय नहुँदा कतै हामीले विदेशीले पठाएको जहर त खाइरहेका छैनौं ?


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्य र नेपालको वर्तमान अवस्था नियालेर हेर्ने हो भने नेपालीको मेहनतबाट प्राप्त रूपैया औषधिको नाममा बाहिर गएको प्रष्ट देखिएको छ । हामीले जे औषधि खाईरहेका छौं के त्यो सुरक्षित छ भन्ने कुरा जाँच्ने निकाय नहुँदा नेपाली नागरिकले औषधिको नाममा जहर त खाइरहेका छैनन् भन्ने कुरा देखाएको छ ।

आज हामी विदेशी उत्पादनतर्फ बढी आकर्षण छौं तर यो नितान्त गलत छ । विदेशी उत्पादन होइन सो देशी उत्पादनतर्फ हामीले ध्यान दिन सक्नुपर्छ । Ranitidine (Aciloc) 150 mg को टेब्लेट जस्ता थुप्रै औषधि जसको प्रयोगले आज नेपालीमध्ये कोही किड्नी फेल भएका छन् भने कोही क्यान्सर पिडित भएर दु:खको सामाना गरेका छन् ।

यस्ता कतिपय विदेशी सामान हामीले प्रयोग गर्दा ध्यान दिएर मात्र प्रयोग गरौं भन्ने मेरो परामर्श छ । केहि व्यक्तिहरू कमिसनको चक्करमा जनताको स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने खालका बस्तु सेवन गर्न बाध्य बनाएको देखिएको छ । मेरो नजर विगत लामो समयदेखि खेर गएका जडिबुटीमाथि रिसर्च गरेर सस्तो मुल्यमा आफ्ना पब्लिकलाई यस्ता औषधि सेवन गराउन सके ठूलो कल्याण हुने थियो भन्ने लागेको छ ।

पब्लिकको स्वास्थ्य ठिक भए मात्र यो देश स्वस्थ हुन सक्छ । जबसम्म हामीले पब्लिकको स्वास्थ्यमा ध्यान दिन सक्दैनौ तबसम्म देशले काचुली फेर्न सक्दैन । पब्लिकको स्वास्थ्य ठिक हुनको लागी नेपालमै रिसर्च सेन्टर खडा गरेर औषधि उत्पादनतर्फ लाग्न सक्नुपर्छ ।

आज कतिपय हर्बल कम्पनीले उत्पादन गरेका औषधिहरू विदेशबाट झिकाइएका कच्चा पदार्थबाट औषधि निर्माण गरेको भन्ने कुरा सुन्नमा आएको छ यो गलत हो भन्ने मलाई लागेको छ । नेपालमा जस्तोसुकै जडिबुटी पाइने भएतापनि नेपाली जडिबुटी प्रयोग नगरेर विदेशी जडिबुटीमाथि निर्भर भएको देखिन्छ ।

सरकारले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाली जडिबुटी उत्पादनलाई प्राथमिकता दिएर अघि बढ्न सके पैसा विदेश जानबाट रोकिन सक्ने देखिएको छ । परिवर्तन त्यति बेला मात्र सम्भव छ जतिबेला हामीले विदेशी सामान बेच्न र खान छोड्नेछौं । अति आवश्यक बस्तु बाहेक कुनैपनि बस्तु आउनबाट सरकाले नै रोक लगाउन सकेमा मात्र देशले फड्को मार्न सक्नेछ ।

सस्तो बस्तु नराम्रो हुन्छ भन्ने कुरा कमिसन खोरहरूले स्वार्थ पुर्ति गर्न फैलाएको देखिएको छ । यो गलत हो । बाहिरबाट आएको बस्तु सेवन गर्दा भएको क्षति कसले पुरा गर्न सक्छ । नेपालमा अनुभवी व्यक्तिको कदर छैन तर विदेशीहरू अनुभवीको कदर गर्दै छन् । यस्ता क्रियाकलापको कारणले गर्दा चाहेर पनि नेपाल अघि बढ्न सकेको छैन ।

यो पनि पढनुहोस्

स्वास्थ्यका लागि भेण्टाका फाइदाहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !