१५ बैशाख २०८१, शनिबार

दाह्री काट्दा ध्यान दिनुपर्ने कुराहरु


dhari

हरेक पुरुषहरु राम्रो देख्नको लागि दाह्री काट्ने गर्छन् । पुरुषहरुको दाह्री भनेको गहना नै भनिन्छ । कतिपय व्यक्तिहरुले दाह्री काट्छन् त कतिले पाल्ने पनि गर्छन् । तर दाह्री काट्दा कतिपय व्यक्तिहरुलाई जानकारी नहुन सक्छ, की दाह्री काट्दा पनि विभिन्न कुराहरु अपनाउनु पर्छ भन्ने कुराहरु । दाह्री काट्दा पानी तातो पानीले भिजाएर काट्ने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ । यसले चिल्लो पदार्थ निकाल्ने हुँदा दाह्री झर्ने र कडापन बढी हुने समस्या आउँछ ।

हरेक व्यक्तिले दाह्री काट्नुअघि लामो समयसम्म दाह्रीलाई भिजाउने र छोप्ने चलन छ । तर यसो गर्नु पनि गलत हो । यसोगर्दा दाह्री र त्यहाँको छालाको लागि नराम्रो हुन्छ । त्यसकारण दाह्री भिजाउनासाथ त्यसलाई सुक्खा बनाइहाल्नु राम्रो हुन्छ । धेरै बेर दाह्रीलाई भिजायो भने त्यो पानीले दारीलाई रुखो बनाउँछ । लामो दाह्रीलाई सफा राख्न धेरै उपाय अपनाइन्छ । नुहाउँने क्रममा वा सफा गर्ने क्रममा सेम्पुभन्दा कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । प्राय हप्तामा एकदेखि दुईपटकसम्म सेम्पो र तीनदेखि चारपटक कन्डिसनर लगाउनु राम्रो मानिन्छ ।

जसरी कपालमा तेल लगाउँछौँ, दाह्रीमा पनि नुहाएर थोरै तेल लगाउनु राम्रो हुन्छ । दाह्रीलाई सफा काइँयोले कोर्नुपर्छ, जसले यसलाई नरम बनाउन मद्दत गर्छ । धेरै मानिस दाह्री कोर्न लजाउँछन्, तर लजाउन हुँदैन ।हजामकहाँ गएर दाह्री काट्दा उल्टो तरिकाले कहिल्यै पनि काट्न हुँदैन ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !