२२ बैशाख २०८१, शनिबार

कान समातेर उठबस गर्नुका यति धेरै फाइदाहरु


uthbas

सानो छँदा स्कुलमा शिक्षकले कान समातेर उठबस गर्न लगाएको सम्झनुहुन्छ ? सायद धेरैजनाको अनुभव यस्तै थियो । अझै पनि नेपालका विद्यालयमा कान समातेर उठबस गर्ने सजाय दिने चलन छ । यो हाम्रा लागि सजाय थियो । तर पख्नुस्, हाम्रा शिक्षकले त्यत्तिकै सजाय दिएका होइन रहेछन् भनेर बल्ल प्रमाणित भएको छ । आजकाल अमेरिका, युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैंछ । तर सजायका रुपमा होइन, योगका रुपमा । कान समातेर उठबस गर्ने योगलाई ‘सुपरब्रेन योग’ नाम दिइएको छ ।

कान समातेर उठबस गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुने जनाइएको छ । यसले डिस्लेक्सिया,एन्जाइटी, डिप्रेसन,डिमेन्सियाका बिरामीको अवस्था नाटकीय रुपमा सुधार गरेको प्रमाणित भैसकेको छ । कान समातेर उठबस गर्ने सजाय नेपालमा मात्र होइन, भारत, पाकिस्तानजस्ता दक्षिण एशियाली मुलुकका शैक्षिक संस्थामा परम्परादेखि दिइदैं आएको छ । तर यसले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्धत गर्छ र पढाईमा ध्यान केन्द्रीत गर्न सघाउ पुर्‍याउँछ ।

दाहिने हातले देब्रे कान समात्ने र देब्रे हातले दाहिने कान समात्ने अवधारणा आयुर्वेदीय पद्धतिबाट आएको मानिन्छ । यसरी समात्दा कानको लोतीमार्फत् उर्जा प्रवाह भई दुवै तर्फको मष्तिष्कको कार्य अझ बढी राम्रोसंग प्रेरित गर्छ । यो योगा गर्नेहरुले तत्काल सन्तुलित र शान्त महसुस गर्ने गरेको बताउने गरेका छन् ।

अनुसन्धानमा संलग्न डा. जोय पी जोन्सका अनुसार यो योगले कानको एक्युपंचर बिन्दुलाई सक्रिय बनाउछ, जसले मुख, आँखा, पाठेघर, निधार र मष्तिष्कलाई उत्तेजित पार्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !