२० बैशाख २०८१, बिहिबार

बिहान किन कम हुन्छ मानिसको तौल ?


kg

तपार्इं कतिबेला आफ्नो तौल जाँच्ने गर्नु हुन्छ ? यदि तपाई एक बिहानै तौल जोख्नु भएको छ भने तौल कम देखाउँछ । तर, बेडमा जाने बेलासम्म तपाईंको तौल ह्वात्तै बढ्छ । आखिर किन ? एक दिनमै देखिने तौलको अन्तरका कारण कहिलेकाही तपाई तौल जोखिने साधनप्रति नै शंका व्यक्त गर्नु हुन्छ होला । बिहानको समयमा तौल घट्नुको मुख्य कारण तपाईको शरीर डिहाईड्रेड हुनु हो । दुई कप मात्र पानी पिउँदा पनि शरीरको तौल आधा किलो बढ्ने भएकोले थोरै पानी पिउँदा वा नपिउँदा शरीरको तौलमा प्रभाव परेकोे हुन्छ ।

  • वास्तवमा सुत्नुभन्दा अगाडि पानी पिउदा बिहान डिहाइड्रेड हुनबाट बचाउँछ र तौल तुलनात्मक रुपमा बढी हुन सक्छ । अझ रातभर बारम्बार पानी पिउनु भएको छ भने अझै बढ्न सक्छ ।
  • तर सुत्ने बेलामा पानी पिउनु भएको थिएन तर राती दुई तिन पटक वासरुम जानुभएको छ भने पहिला जस्तो बढ्दैन ।
  • बिहानमा तौल घट्नुको अर्को कारण तपाईले राती खाएको खानेकुराको क्यालोरीको पर्याप्त उपयोग गर्नु हो ।
  • तपाईले गम्भीर व्यायाम गरेर तौलमा जोखिदा पनि तौल घट्छ । अर्थात व्यायाम गर्नुअघि र पछि पनि तौलमा सुक्ष्म फरक हुन्छ । व्यायायम गरेपछि तौल घट्नुको मुख्य कारण तपाईको शरिरको फयाट पग्लिएर होइन, बरु पसिना बगाएर हो ।
  • पसिना वग्ने गरी गहुंगो भारी बोक्दा वा अन्य श्रम गर्दा शरिरबाट पसिनामार्फत पानी वगेको हुन्छ, जसका कारण तौल हवात्तै घट्छ ।

तौल जोख्दा ध्यान दिनुपर्ने केही विषयः

  • लन्चपछि पनि तौल नजोख्नु उपर्युक्त हुन्छ । लन्चमा टन्न खाना खाइने भएकोले खानेवित्तिकै जोख्दा वास्तविक तौल बुझ्ना गा¥हो पर्छ ।
  • डिनरपछि तौल नजोख्नु राम्रो हुन्छ, किनकी डिनरलाई अझै पनि कतिपय समाजमा रातको ठूलो खाना मानिन्छ । खानाको तौल र पिउने पेय पदार्थले तौलमा हवात्तै वृद्धि हुन्छ ।
  • त्यसो भए तौल मापन गर्ने उपर्युक्त समय कुन हो त ? तौल नाप्नको लागि त्यस्तो आदर्श समय कुनै छैन । बरु दिउँसोको समयमा एउटै समयमा तौल नाप्नुपर्छ । तर अत्यधिक खाना खाएको बेलामा भने होइन । खाना खाएको दुई घन्टापछि तौल जोखिदा वास्तविकताको नजिक पुग्न सकिन्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !