१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि हाडे बदाम खानुका फाइदाहरू


हाडे बदाम
 डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भागसंगै बदाम खानाले सेतो रक्तकोषिकाको वृद्धि हुन्छ ।

बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।

हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । हामीले के खाने के नखाने भन्नेबारे आवश्यक जानकारी नहुनाले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर परेको देखिन्छ ।

आज यस्ता अनेकौं पौष्टिकतत्व भएका फलफूलहरू छन् तर हामीले सेवन गर्न र यसका फाइदा के के छन् भन्नेबारे जानकारी नहुनाले फाइदा लिन सकेका छैनौं । आज मैले हाडे बदाम लगायत अन्य पौष्टिक फलफूलबारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

बदाम खानुका फाइदाहरू

१. दैनिक बदाम खानाले शरीरको प्रतिरोधक क्षमतामा वृद्धि गर्छ । यदी बदामको सेवन दैनिक गर्नाले दिनभर शक्ति र उर्जा दिन्छ ।

२. बदाममा प्रसस्त पोषकतत्व पाइन्छ, जसले स्मरणशक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ । बदाम बढिरहेका बच्चाहरूका लागि निकै लाभदायक हुन्छ । बदाममा म्याग्नेसियम पनि हुन्छ, जसले हृदयघात रोक्न मद्दत गर्छ ।

३. बदाम एलडीएल कोलस्टोरेललाई कम गर्छ । यसमा रहेको मोनोस्याचुरेटेड फ्याट मुटुको बिमारीलाई कम गर्नमा राम्रो भुमिका खेल्दछ । बदाममा रहेको भिटामिन ई पाइने एण्टी-अक्सिडेन्ट गुणका कारण यसको सेवनले एलडिएल कोलेस्टेरोलको स्तर घट्छ र मुटुको रोग हुने खतरा कम हुन्छ ।

४. बदाममा प्रोटिनको मात्रा अधिक हुन्छ । प्रोटिनको आवश्यक पुरा गर्न नित्य बदामको सेवन गर्नाले राम्रो फाइदा हुनेछ ।

५. बदामको नियमित सेवन गर्नाले सेक्स कमजोर हटाउन समेत राम्रो काम गर्दछ । सेक्स पावर बढाउन औषधि होइन बदाम खाउ भन्ने हाम्रो आग्रह छ ।

६. महिलाहरूमा सेक्स चाहना कम हुने भएमा नित्य दुधसंग बदाम दिनाले सेक्स इच्छा जगाउदछ । आजकल अधिकांश महिलाहरूमा यो समस्या देखिन थालेको गुनासाहरू सुनिन थालेको छ ।

यस्ता छन् किशमिशका अन्य फाइदाहरू

१. रगतको कमिमा राम्रो फाइदा गर्दछ । रगतको कमि भएकाहरूले नियमित यस्को सेवन गर्नुपर्छ । किशमिशमा भिटामिन बी र आयरनको राम्रो स्रोत मानीएको छ ।

२. किशमिश फाइबरको राम्रो स्रोत भएकाले खाना पचाउन समेत राम्रो भुमिका खेल्दछ । फाइबरको अर्को महत्वपूर्ण काम भनेको कब्जियत हटाउनु हो ।

३. किशमिशको सेवन दैनिक गर्नाले पेटमा जम्मा भएको फोहर फाल्न समेत राम्रो भुमिका खेल्दछ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको पेटमा जम्मा भएको बिषलाई यसले हटाउने काम गर्दछ ।

४. किशमिशमा प्रशस्त क्यालशियम पाइने भएकाले गर्भवतीलाई राम्रो फाइदा गर्दछ यसमा क्याल्शियम र आयरन हुनाले गर्भवतीले किशमिश खानुहोस् भन्ने हाम्रो राय छ । शरिरमा आवश्यक भिटामिनका कमिका कारण हुने सम्पूर्ण रोगमा यो उपयोगी छ । शरीरमा क्याल्शियमको आपुर्टि गर्नु परेमा दैनिक किशमिश खानु उत्तम मानिएको छ ।

५. सुन्दा अचम्म लाग्न सक्छ नियमित किशमिश खानेहरूलाई क्यान्सर हुदैन भनेकोछ । किशमिशमा पाइने एक प्रकारको कैटेचिन नामको एंटीऑक्सीडेंट पाइने हुनाले (Free Radicals) लाई समेत बचाउने काम गर्दछ । किशमिशको सेवनले पेटको क्यानसर ट्यूमरलाई समेत रोक्दछ ।

६. किशमिशमा प्रसस्त भिटामिन-बीको समूह (बी1, बी2, बी3, बी4, बी5, बी6, बी7 और बी12) प्रसस्त पाइने भएकाले नियमित किशमिशको सेवन गर्नुस यस्ले आवस्यक क्यालोरी पुरा गर्दछ ।

७. किशमिशको प्रयोग आँखाको लागी राम्रो फाइदा गर्दछ । किशमिशमा पॉलीफेनोलिक फाइटोन्यूट्रिएंट्स नामक तव्त प्रचुर मात्रामा पाइने भएकाले यसबाट प्राप्त एंटीऑक्सीडेंटले आँखाको ज्योति बढाउन राम्रो भुमिका खेल्दछ ।

८. उच्च रक्तचापका रोगीले नियमित किशमिशको सेवन गर्नु राम्रो फाइदाछ । एउटा रिपोर्ट अनुसार किशमिशको सेवनले उच्च रक्तचापलाई बढ्न समेत रोक्ने काम गर्दछ ।

९. किशमिशको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक क्यालोरी पुरा गरी अनेक रोगबाट बचाउन सक्नेछ ।

१०. किशमिशमा एंटीबैक्टीरियल गुण हुने भएकाले ज्वरो आयको बेला किशमिशले राम्रो फाइदा गर्दछ ।

एभोकाडो

१. यो फलले हाम्रो मुटुको धड्कनलाई बलियो बनाउन मद्दत गर्छ भने शरीरका सबै भागमा रक्त प्रवाहमा समेत उल्लेख्य योगदान दिन्छ ।

स्ट्रबेरी

१. क्यालिफोर्निया युनिभर्सिटीका अनुसार यसले पुरुषको वीर्य बढाउने काम पनि गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !