७ बैशाख २०८१, शुक्रबार

दिनेश भट्टले भागरथी भट्टको किन गरे हत्या ?


दिनेश भट्ट र भागरथी भट्ट

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको दिनेश भट्टले हत्या गरेको प्रहरीले बताएको छ । तर भट्ट नै थर भएका दिनेशले किन भागरथीको हत्या गरे ? भन्ने चासो आम जनमानसमा बढेको छ ।

नेपालमा दिन प्रतिदिन बलात्कारका घटनाहरु बढिरहेका छन् भने यस्ता घटनामा चिनजान भएका आफन्तहरुको नै संलग्नता देखिएको छ । घरायसी रिसिबी, अपराधिक मानसिकता र केटीले प्रेम प्रस्ताव अस्वीकार गर्दा यस्ता बलात्कारका घटनाहरु भईरहेको देखिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज बुधबार प्रहरीले सार्वजनिक गरेको छ । आज बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा दिनेश भट्ट अध्ययरत हुन् भने भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । दिनेशलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

दिनेशले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर भागरथीको हत्या गरेको बयान दिएका छन् । भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् ।

भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ । दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको उनले बताएका छन् ।

भागरथीको हत्या गर्ने पूर्व योजनाअनुसार माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्लेगडा भन्ने स्थानबाट मृतक भन्दा अगाडी गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाटी थिचेर हत्या गरेको बयान दिएको डीआईजी सुवेदीले बताए ।

दिनेशले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो । सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ ।’ प्रहरी स्रोतका अनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन् ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

यो पनि पढ्नुहोस्

भागरथी हत्या प्रकरणका अभियुक्त दिनेशलाई ५ दिन हिरासतमा राख्न अनुमति

भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !