२४ बैशाख २०८१, सोमबार

प्रदेश नं १ को सपथमा ९ पूर्वप्रधानमन्त्रीको तस्वीर


safat

७ माघ, बिराटनगर । प्रदेश नं १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर सजाइएको छ । सपथ ग्रहण समारोहस्थलमा प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको छ ।

सपथ ग्रहणको मञ्चमा काठमाडौंमा जन्मिएका शाहीकालीन उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको समेत तस्वीर राखिएको छ । प्रदेश नं १ का विशिष्ट व्यक्तित्वहरु’ देखिएको तुलमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालादेखि केपी ओलीसम्मको तस्वीर समेटिएको छ ।

तस्वीरमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला, वीपी कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीलाई समेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !