१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न लोकसेवालाई सर्वोच्चको आदेश


सर्वोच्च अदालत

काठमाडौं, असोज २९ । सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले आज बिहिवार सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

यस्तो छ सर्वोच्च अदालतले लोकसेवा आयोगलाई दिएको आदेश

यस्तो छ सर्वोच्च अदालतले लोकसेवा आयोगलाई दिएको आदेश

यस्तो छ सर्वोच्च अदालतले लोकसेवा आयोगलाई दिएको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !