१२ असार २०८१, बुधबार

क्यान्सरका रोगीले खानैपर्ने जुसहरु


क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामी सबैले बुझेका हुन्छौ तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ ।

क्यान्सरका रोगीले खानैपर्ने जुसहरु

अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्यु समेत हुन्छ । क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरुको वृद्धिमाथि लगाम लगाउनुपर्ने हुन्छ । यो लगाम तब मात्र सम्भव छ जब कोष बाहिरको वातावरण (Extra Cellular Fluid) पूर्ण प्राकृतिक हुन्छ । क्यान्सर कोषहरुको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोष बाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र विथोलिनुले हो ।

कोष बाहिरको वातावरणमा विजातिय द्रव्य संकलित हुदाँ यी द्रव्यहरुले सुसुप्त अवश्थामा रहेको कोषको क्यान्सर कारक जीन (Oncogene) लाई उत्तेजीत गरेर अनियन्त्रित रुपमा विभाजित हुन प्रेरित गर्दछ । यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरुको शोधन हुनु पर्दछ । यो सोधन केहि प्राकृतिक तरिकाले उब्जाईएका फलफूल एवं तरकारीको जुसको सेवनले सम्भव छ । यसर्थ क्यान्सर रोगीले निम्न फलका रसहरूको सेवन गर्नु पर्दछ ।

१. गहूँको जमराको जुस

गहूँको जमरामा प्रचूर मात्रामा क्लोरोफिल पाईन्छ । क्लोरोफिलले आफैमा एण्टिअक्सिडेण्ट र एन्टि म्यूटाजेनिक यौगिक हो । क्लोरोफिलको सेवनले राता रक्तकोषहरूको वृद्घि गराएरको तथ्यहरू पनि सार्वजनिक भएका छन । रक्तकोषहरू बढ्दा क्यान्सर ग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पुर्याएर क्यान्सर कोष मार्न सहयोग पुर्याउदछ । गहूँको जमरामा क्यानसर प्रतिरोधि सेलेनियम र लियट्राईल पनि पाईन्छ । गहूँको जमरामा १३ किसिमका भिटामिनहरू, बिसैवटा अमाईनो एसिडहरू र एण्टिअक्सिडेण्टहरू पाईन्छ, । यी सबै तत्वहरू क्यानसर प्रतिरोधी हुन ।

२. कालो अंगुरको जुस

अंगुरमा लाइमेनिन (Limonine) नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्वहरुलाई हटाउन मद्दत गर्दछ । अंगुरको बिउलाई मुख्यत कोलन–क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स (Monotarpens) नामक तत्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्वहरु शरीरबाट हटाउन मुख्य भूमिका खेल्दछ ।

३) गाजरको जुस

गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बीटा क्यारोटीन नामक तत्वले मुख्यत छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्दछ । गाजरले क्यान्सर तन्तुको क्षय (Tumor Necrosis) पश्चात हुने घाउँहरु सन्चो हुन पनि मद्दत गर्दछ ।

४) चुकन्दरको जुस

पर्याप्त मात्रामा एण्टिअक्सिडेण्ट र भिटाभिनहरुले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । रगतको क्यान्सर (ल्यूकेमीयाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ

५) गोलभेंडाको जुस

गोलभेंडा भिटामिन सी को खजाना हो । भिटामिनहरुका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फर जस्ता थुप्रै खनिज एवम् लवणहरु पाईन्छन् । गोलभेंडाको रस मुख्यत प्रोष्टेट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्वले कोषहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्दछ ।

६) ब्रोकाउलीको जुस

ब्रोकाउलीमा इन्डोल-३ कार्बीनोल ९क्ष्लमयभि (Indole – 3 Carbinol) नामक तत्व पाइन्छ । ईन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाषयको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका अदा गर्दछ । इन्डोल–३ कार्वीनोललाई इष्ट्रोजन हारमोन प्रतिरोधि र प्रतिस्पर्धा प्रणाली ससक्त पार्ने तत्वको रुपमा बुझिएको छ ।

७) सलादपत्ताको जुस

पर्याप्त मात्रामा सल्फर, क्लोरिन, सिलिकन र बीकम्प्लेक्स भिटामिनहरूले भरपुर सलादपत्ताको जुस फोक्सोको क्यानसरको लागि उपयोगी छ ।

८) नोनीको जुस

नोनीको जुस फष्ट स्टेजको क्यान्सर निको पार्न सक्ने क्षमता राख्दछ । नोनीको जुसले क्यान्सर कोषहरुलाई नष्ट गर्नुका साथै क्यान्सर कोषहरु खाइदिने सेता रक्त कोषहरु पनि बनाउन मद्दत गर्दछ ।

लेखक डा. हेमराज कोइराला भरतपुर-१, वागीश्वरी, चितवनस्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् । 

यो पनि पढ्नुहोस्

गुर्जो खाऔ, कोरोना भगाऔ

भोजन को सँग गर्ने, को सँग नगर्ने

गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु

कोरोना भाइरसबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

भुडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपायहरू

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !