१२ बैशाख २०८१, बुधबार

गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु


गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु

गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु । व्यस्तता, भागदौड़ र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन । गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यपिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेशीलाई बलियो बनाउने निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ । यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

यी हुन् गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरू

व्यायाम न. १. दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने

ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस। अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकंड \सम्म रोकेर राख्नुहोस् ।

दुव्यायाम न.२. दुवै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने

ढाड कमर दर्दं सीधा राखेर बस्नुहोस । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकंडसम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.३. देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने

पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस्। अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकंडसम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.४. दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने

पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् र २० सेकंडसम्म रोकेर राख्नुहोस् ।

यी सबै ब्यायामहरुलाई ५-५ पटक दोहराउनुहोस्

लेखक डा. हेमराज कोइराला भरतपुर महानगरपालिका-१, वागीश्वरी, चितवन स्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

गुर्जो खाऔ, कोरोना भगाऔ

भोजन को सँग गर्ने, को सँग नगर्ने

कोरोना भाइरसबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

भुडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपायहरू

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !