एजेन्सी, जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी खाद्यन्नको रुपमा लिन्छन् । यस मध्ये पनि जौ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ ।
गहुँको जमरा बनाउंदा अर्ग्यानिक बिजको प्रयोग गर्नुपर्छ । गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुपर्छ र कुनै गमलामा थोरै माटो राखेर गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ । गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ र सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नसकिन्छ र गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।