७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि तिते करेला खानुका फाइदाहरु


तिते करेला
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

करेलाको वैज्ञानिक नाम Momordica Charantia भन्दछन् । नेपाली भासामा तितो हुने हुनाले यसलाई तितेकरेला नामले परिचित छ । करेलालाई संस्कृतमा कंटफल भन्दछन् । अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ।

हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो । करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ ।

आजकाल करेला बढी खानाले सुगरको लेवल कम हुनुको साथै प्रेशर कम हुन्छ भन्ने मानसिक्ताले गर्दा करेलाको प्रयोग कम हुने गरेको पाइन्छ । कुनै पनि वस्तुको अत्यधिक सेवनले समस्या पैदा नहोला भन्न सकिदैन । आज नेपालमा सहि खानाको अभावमा विविध रोग उत्पत्ति भएका छन् ।

हामीले खाने हरेक वस्तुको सेवन पुर्ब आफ्नो स्वास्थ्य कसरी सवल बनाउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर खाने गरेमा कुनैपनि समस्या उत्पन्न नहुने मेरो ठोकुवा छ ।

आयुर्वेदले यसलाई पक्षाघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरी जस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।

स्वास्थ्यको लागि तिते करेला खानुका फाइदाहरु

१. पेटको जुका मार्न करेला उपयोगी औषधि मानिएको छ । दिनमा एकपटक एक चमच ३ दिनसम्म खान दिनु सवै झार्दछ ।

२. High Blood Pressure मा करेला धेरै राम्रो औषधि मानिएको छ। प्रेसरका रोगीले नियमित करेला खाने गर्नुपर्छ ।

३. तितेकरेलालाई छायामा सुकाएर धुलो बनाउने र सिसिमा राख्ने आवश्याकताको समय एक-एक चमच यो औषधि सेवन गर्नाले इन्सुलीनको काम गर्दछ ।

४. करेलाको उपयोग छालाको रोगमा राम्रो छ । यसले छालामा निखार ल्याउनुको साथै चम्किलो बनाउन मद्दत गर्दछ ।

५. करेला नियमित सेवन गर्नाले स्वास प्रस्वासमा समेत फाइदा गर्दछ ।

६. मधुमेहमा करेलाको तरकारी र सुप बनाएर खाएमा व्लडमा सुगरको लेवल कम गराउदछ ।

७. नियमित करेला खाने महिलाहरूको हीमोग्लोबिनको कमी पुरा गर्दछ ।

८. क्यान्सरको रोगमा समेत करेला उपयोगी औषधि मानिएको छ ।

९. पत्थरीको रोगमा करेलाको रसले फाल्दछ । पत्थरी भएकाहरूलाई करेलाको तरकारी दिनु राम्रो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !