१४ बैशाख २०८१, शुक्रबार

मिर्गौलाको पत्थरी फाल्ने अचूक औषधि चौलाई भाजी खानुका फाइदाहरू


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चौलाइको साग नखाने को होला तर अलि हिलो-हिलो गन्ध आउने हुनाले कतिपयले मन नपराउने गरेको पाइन्छ । यो सागमा प्रोटिन, भिटामिन ए र खनिज प्रचुर मात्रामा पाइन्छ ।

चौलाई भाजीमा कार्बोहाइड्रेट, क्यालसियम, भिटामिन, मिनरल, आयरन पाइने भएकाले यो मानव स्वास्थ्यमा यस्ले राम्रो भुमिका निभाएको छ । हाम्रो भान्सामा प्राय चौलाई भाजी र अन्य साग अनिवार्य समावेश गरिएको छ ।

स्वास्थ्यमा चाहिने आवश्यक भिटामिन हुने भएकाले अनिवार्य हरियो साग समावेश होस् भन्ने हाम्रो आग्रह छ । नियमित हरियो सागसब्जी सेवन गर्नाले पेट सफा भई पेटको सवै रोग निको हुन सक्नेछ ।

चौलाई भाजी दुई प्रकारको हुन्छ । एउटा हल्का हरियो र अर्को रातो पात भएको हुन्छ । नेपालमा प्राय: रातो बढि हुने गरेको पाइन्छ । अल्सर हुनेहरूलाई जस्को दिशा कालो रगत मिसिएको हुने गर्छ त्यस्ता रोगीले चौलाई भाजी खाने गर्नुपर्छ ।

चौलाई भाजी रगत बग्ने खालको पाइल्स रोग, छाला सम्बन्धित रोग, असमयमा हुने गर्भपात, किड्नी स्टोन, मिर्गौलाको पत्थरी भएमा फाल्दछ । पिसाब पोल्ने समस्या देखिएमा समेत यो सागले राम्रो फाइदा गर्दछ ।

प्रकृतिले दिएका यस्ता खाद्यान्न प्रयोग गर्ने बानी बसाल्नु राम्रो हो । औषधि नै सवै उपचार होइन भन्ने कुरा हरेक नागरिकले बुझ्न आवश्यक छ । सागसब्जी फलफूल पानी प्रशस्त पिउने बानी बसाल्नु पर्दछ ।

स्वास्थ्य हाम्रो सम्पत्ति हो हाम्रो सानो लापरबाहीले ठूला-ठूला रोग लाग्न सक्छ । आज हामीले आफ्नो स्वास्थ्यमा भन्दा पैसामा बढी ध्यान दिने गर्नाले हाम्रो स्वास्थ्य धेरै कमजोर हुदै गएको छ । होटलका खाना खानाले अनेकौं रोगको दलदलमा हामी फस्दैछौं ।

हामी स्वस्थ भएमा मात्र हामीले गरेको मेहनत सार्थक हुन सक्छ । पैसा आवश्यक छ तर शरिर नै कमजोर बनाएर पैसा कमाउनुको कुनै अर्थ छैन । कमाउनुहोस् खानामा बढि भन्दा बढी जोड दिनुहोस् । रोग लाग्नुको प्रमुख कारण भनेको पौष्टिक खानाको कमि भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !