१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?


कोरोना भाइरस

एजेन्सी । पछिल्लो पटक चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्व नै हल्लाएको छ । त्यहि कारणले पनि चीनमा पढाईको सिलसिलामा पुगेका विद्यार्थीहरुलाई आ-आफ्नो देशले फर्काउन थालेका छन् । नेपालले पनि फर्काइ सकेका छन् ।

कोरोना भाइरस रोग के हो ? कसरी प्रमाणित भयो भनेर थाहा नहुन सक्छ । कोरोना भाइरसको भविष्यवाणी फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले गरेको खुलेको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनले जहाँ समुन्द्र जीवको कारोबार हुन्छ, त्यहिँबाट एउटा महाममारी फैलिने भविष्यवाणी गरेका थिए ।

नभन्दै वुहानको पशु बजारबाटै कोरोना फैलिएको थियो । लण्डन स्कूल अफ हाइजीन् एण्ड मेडिसिनले आफ्नो रिपोर्टमा वुहानमा कोरोना संक्रमित मानिसहरुको संख्या यसै प्रकारले फैलिँदै जाने र शहरका ५ प्रतिशत अर्थात् ५ लाख मानिसहरुको त्यसको संक्रमणबाट मृत्यु हुने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !