१४ बैशाख २०८१, शुक्रबार

अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ ले चर्चा बटुल्दै (भिडियो)


काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक लुक्स भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।

गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु लोप्चनले स्वरमा साथ दिएका छन । भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ । भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।

भिडियोमा हेर्नुहोस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !